समृद्ध सुदूरपश्चिमबारे अन्तर्राष्ट्रिय सम्मेलन

समृद्ध सुदूरपश्चिमबारे अन्तर्राष्ट्रिय सम्मेलन

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, कला, संस्कृति र विकासका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयले ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो। 

सम्मेलनमा ९ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्ने सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए। 

‘सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र प्रस्तुत हुनेछन्। ती विषयमा बहस छलफल हुनेछ’, उनले भने, ‘नौ विधामा ७६ वटा शोधपत्रहरू प्रस्तुत हुनेछन्।’ 

सम्मेलनमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उनले बताए। 

सम्मेलनमा अनलाइन र भौतिक उपस्थितिमा स्वदेशी र विदेशी गरी ४ सय १६ जना सहभागी भएको ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताए। 

‘जनस्वास्थ्य, मेडिकल शिक्षा, इन्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहासलगायतका विषयमा तीन दिनसम्म बहस हुनेछ’, उनले भने, ‘यहाँको गेटा मेडिकल कजेलदेखि पश्चिमसेती परियोजनाबारे पनि बहस हुनेछ।’

सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक दीपकचन्द्र भट्टले सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय सम्मेलनले यो क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए। 

उनले प्रष्ट पारे, ‘सम्मेलनले सुदूरपश्चिमका थुप्रै सम्भावनाहरूको उत्खनन गर्नेछ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.