हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ

हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ

दाङ : प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न गएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

हिरासतमा रहेका घोराही-१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न गएकी उनकी श्रीमती शान्ति घर्ती खड्का लागुऔषधसहित पक्राउ परेकी हुन्।

उनी मंगलबार बिहान करिब ७ बजेतिर आफ्ना श्रीमान भेट्न जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्। अशोक तीनदिन अघिमात्रै लागुऔषधसहित पक्राउ परेका थिए।

जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले प्रहरी हिरासतमा रहेका खड्कालाई भेट्न आएकी शान्तिलाई चेकजाँच गर्दा लागुऔषधसहित फेला पारेको अन्नपूर्णलाई जानकारी दिए।

उनले भने,' श्रीमान्लाई भेट्न आएको बेला चेकजाँच गर्दा उनको साथबाट लागुऔषध भेटिएको हो।'

प्रहरीका अनुसार उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता  गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.