भारत र चीनबीच तनावको कारण के हो ?

भारत र चीनबीच तनावको कारण के हो ?

एजेन्सी : पछिल्ला केही वर्षयता भारत र चीनबीचको सम्बन्ध बिग्रिदै गएको छ। दुवै देशका सीमा क्षेत्रमा बढि विवाद छ। यस विषयमा दुवै देशले फरक फरक दावी गरिरहेका छन्।

दुवै देशबीच विवादको मु्ख्य कारण ३४४० किलोमिटर लामो सीमाना नै हो। यसबारे दुवै देशले आ-आफ्ना दावी गरेका छन्। यस क्षेत्रमा नदी ताल र हिउँले घेरिएका हिमालका कारण वास्तविक नियन्त्रण रेखालाई लिएर त कहिलेकाही दुई देशका सैनिक आमनेसामने हुँदा विवाद बल्‍झिदै गएको हो।

दुवै देशले सीमावर्ती क्षेत्रमा आधारभूत संचरना निर्माण गरिरहेका छन्। भारतले उच्च उचाइमा रहेको एयर बेससम्म सडक निर्माण गरिरहेको छ यसमा चीनले पटकपटक आपत्ती जनाउँदै आएको छ।

सन् २०२० को मे महिनामा गलवानमा भारत र चीनबीच झडप हुँदा २० सैनिकको मृत्यु भएको थियो। केही समयपछि चीनले यस झडपमा आफ्ना ४ सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो।

लद्दाखको गलवान घटनापछि दुई देशबीच सैन्य तहको वार्ता हुँदै आएको छ। तर, तनाव भने कायमै छ। 

पछिल्लो पटक अरुणाचल प्रदेशको तवाङमा दुई देशका सैनिकहरुबीच झडप हुँदा अर्को तनाव उत्पन्न भएको छ।

भारतीय सेनाका अनुसार यो झडपमा दुवै देशका केही सैनिक घाइते भएका छन‍्।  ९ डिसेम्बरमा झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्।

झडपमा दुवै पक्षका केही सेना घाइते भएको बीबीसीमा समाचार छ। भारतीय सेनाका अनुसार पीएलएका सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले जबाफी कारबाही गरेको थियो।

भारतीय सेनाका अनुसार दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका थिए। झडपपछि शान्ति कायम गर्न इलाका कमान्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए।

भारतको एक प्रमुख अंग्रेजी पत्रिका द हिन्दुले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै तवांगमा भएको झडपमा भारतीय सैनिक भन्दा धेरै चिनियाँ सैनिक घाइते भएको जनाइएको छ।

यसबारे चीनले कुनै जानकारी गराएको छैन।

अरुणाचाल प्रदेश दक्षिणी तिब्बतको हिस्सा भन्दै चीनले दावी गर्दै आएको छ। चीनले गत वर्ष मात्रै अरुणाचल प्रदेशको १५ क्षेत्रको नाम नै परिवर्तन गरेको  थियो। अप्रिल २०१७ मा चीनले यसरी नाम परिवर्तन गर्ने प्रयास गरेको थियो।

भारत सरकारले यसको कडा आपत्ति जनाएको थियो।  कठा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको र अबका दिनमा पनि रहने बताएको थियो।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.