शोकमा डुब्यो जाजरकोटको छेडागाड

शोकमा डुब्यो जाजरकोटको छेडागाड

जाजरकोट : सोमबार जीप दुर्घटनामा १२ जनाको मृत्यु भएको शोकमा जाजरकोटको छेडागाड नगरपालिकाभित्रका कामकाज बन्द गरिएको छ। 

छेडागाड नगरपालिका-४ दशेरामा जीप दुघर्टनामा भएको थियो। मृत्यु भएकाहरूको शोकमा नगरपालिकाले मंगलबार सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्था बन्द गरेको हो। 

नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी, निजि तथा गैरसरकारी कार्यालयहरू मंगलबार बन्दगरी सेवा प्रवाहको कामलाई रोक्न शोक वक्तव्यमार्फत सबैलाई अनुरोध गरिएको छ। 

जीप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नगरपालिकाले श्रद्धान्जलि व्यक्त गरेको छ। मंगलबार एक शोक वक्तव्य जारी गर्दै नगरपालिकाले श्रद्धाञ्जली अर्पण गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायद्वारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ–‘कहालिलाग्दो दुर्घटनाबाट अनाहकमा १२ जनाले ज्यान गुमाउनु परेको यस दुःखद घटनाले छेडागाड नगरपालिकाको सम्पूर्ण परिवार स्तब्ध भएको छ। साथै यस दुःखद दुर्घटनाबाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृतआत्माहरूको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछौं।’

छेडागाड नगरपालिका–४ र ५ को सिमानास्थित भीरबाटीमा कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो। 

मृतकको पोष्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी दशेरा लगिएको छ। दशेरामै पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल जाजरकोटबाट चिकित्सकको टोली मंगलबार बिहानै त्यसतर्फ प्रस्थान गरेको भएपनि दिउँसोसम्म पोष्टमार्टम हुन नसकेका स्थानीय प्रेम रावतले जानकारी दिए। 

पीडित पक्षले क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गदै पोष्टमार्टम गर्न नदिएको रावतले बताए। सहमति नजिक पुगेको र केही समयमै पोष्टमार्टम गरेर सम्बन्धित परिवारलाई सव बुझाउने तयारी भैरहेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.