नेता केसीले माधव नेपाललाई भेटे
नुवाकोट: नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कोटेश्वर पुगेर माधवकुमार नेपाललाई भेटेका छन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको केसीका निजी सचिव सरोज केसीले जानकारी दिए ।
नुवाकोट-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केसीले पछिल्लो समय शीर्ष नेतासँगको भेटलाई तीव्रता दिएका छन् । नेता नेपालसँगको भेटमा पनि केसीले सत्ता गठबन्धनको आगामी कार्यदिशा, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल गरेका थिए ।
दुई नेताबीचको भेटमा सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल भएको थियो। नयाँ जनादेशसहितको संसद सुरु हुन लाग्दा सरकारले हतारमा अध्यादेश ल्याउनु गलत भएको केसीले नेपाललाई बताएका थिए ।