'अबको राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसबाटै हुन्छ' (भिडियो वार्ता)

'अबको राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसबाटै हुन्छ' (भिडियो वार्ता)

काठमाडौं: नयाँ सत्ता समीकरणको बहस चलिरहेका बेला नेपाली कांग्रेसका नेताहरूले आगामी सरकार कांग्रेस कै नेतृत्वमा बन्ने दावी गरिरहेका छन्। 

गठबन्धन गर्ने जनतादेश जनताले दिएकाले अबको सरकार गठबन्धनकै रहने तर नेतृत्व कांग्रेसले गर्ने दावी छ कांग्रेस केन्द्रीय सदस्य तथा ओखलढुंगाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको।

प्रधानमन्त्री र राष्ट्रपतिमा कांग्रेसकै बन्ने बताउँदै उनले अरू पद प्याकेजमा बाडफाँट गर्ने बताए ।

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहे कांग्रेस-एमालेकै सरकार बन्ने बताए । त्यसका लागि एमालेले केन्द्रीय कमिटी बैठकबाटै निर्णय गरेर आउनुपर्ने उनले बताए ।

कांग्रेस भित्र संसदीय दलको नेता को बन्छ भन्ने बहस चलिरहेका बेला खतिवडाले भने संसदीय दलको नेतामा कुनै विवाद नरहेको बताएका छन् । संसदीय दलमा गठबन्धन र समकालिन राजनीतिमा सबैले मानेको व्यक्ति नै हुने उनले बताए । अब पनि कांग्रेस संसदीय दलमा पार्टी अध्यक्ष शेरबहादुर देउवाकै निरन्तरता हुने उनको भनाइ छ।

प्रचण्ड युद्धबाट आएका व्यक्ति शान्तिको दूत बनेर हिँड्दा बुद्धको अनुयायी जस्तो लागिरहेको बताउँदै खतिवडाले कांग्रेसको साथ छोडे कमजोर बन्ने संकेत गरे। प्रचण्ड फेरि एमालेसँग मिल्ने वा गठबन्धन छाडेमा उनी उपेन्द्र यादवको अवस्थामा पुग्ने अवस्था आउने खतिवडाले बताए । 

खतिवडासँग गरिएको कुराकानी हेर्नुहोस्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.