चाडको मरुभूमिमा आप्रवासीका सत्ताइस शव भेटिए

चाडको मरुभूमिमा आप्रवासीका सत्ताइस शव भेटिए

डकार : संयुक्त राष्ट्रसङ्घले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ। चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो।

आप्रवासीहरू पश्चिम-मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त सङ्गठनको अनुमान छ। उक्त घटनाबाट सङ्गठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। 

चाडमा सङ्गठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामूहिक काम अपरिहार्य भएको बताएका छन्। बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा पाँच हजार छ सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता अभिलेखबाट सङ्गठन थप चिन्तित भएको उनले बताए। यो वर्ष करिब एक सय ५० आप्रवासीको मरुभूमिमा मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.