६ महिनापछि डुडुवाको गाउँसभा
![६ महिनापछि डुडुवाको गाउँसभा](https://annapurnapost.prixacdn.net/media/albums/Duduwa-mun-at-Banke_20221215073203_Lu6WlzM546.jpg)
नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाको ६ महिनापछि गाउँसभा हुँदैछ । डुडुवा गाउँपालिकाको कार्यपालिकाको मंगलबार बसेको बैठकले हरेक वडालाई ५० लाखका दरले तीन करोडको बजेट सिलिङ विनियोजन गरेपछि अवरुद्ध गाउँसभा आगामी ४ पुसमा गर्ने सहमति भएको छ ।
गाउँपालिकाको स्थानीय स्रोत ५ करोडमध्ये २ करोड रुपैयाँ त गाउँपालिका स्तरीय योजनाका लागि विनियोजन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले मंगलबार बसेको कार्यपालिका बैठकपछि पाँच महिनादेखि अवरुद्ध गाउँपलिकाको सेवासुविधा अब खुल्ने बताए । वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरू कार्यपालिकाको बैठकमा पेस गर्नेछन् । त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
गाउँसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि स्रोतअनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)