बिहारमा विषादी रक्सी सेवन गर्दा २३ को मृत्यु

बिहारमा विषादी रक्सी सेवन गर्दा २३ को मृत्यु

बिहार : भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा २३ जनाको मृत्यु भएको छ।

छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको छ। उनका अनुसार दुईजनाको पटनाको पीएमसीएचमा मृत्यु भएको हो।
 

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ।

मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका थिए।
त्यसपछि उनीहरुलाई छपराको सदर अस्पतालमा भर्ना गरिएको थियो।

सारणका एसपी सन्तोष कुमारले १६ जनाको पोस्टमार्टम भइसकेको र केही व्यक्ति बिरामी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताए।

बिहारमा रक्सी पिउनु प्रतिबन्ध भएकाले बिरामीहरुले विभिन्न अस्पतालमा चुपचाप उपचार गराइरहेको बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.