सेनाको पोसाकमा टिकटक बनाउने युवक हतियारसहित पक्राउ

सेनाको पोसाकमा टिकटक बनाउने युवक हतियारसहित पक्राउ

जोमसोम : सामाजिक सञ्जालमार्फत् टिकटक बनाई ठगी गरेका एक युवक हतियारसहित पक्राउ परेका छन्। थासाङ गाउँपालिका-२ बस्ने १९ वर्षीय विपन विकलाई नेपाली सेनाको पोसाकमा हतियारसहित टिकटक बनाइ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी मुस्ताङले पक्राउ गरेको हो।

युवकले तेन्जिङ गुरुङ नामको नक्कली टिकटक आइडीमा नेपाली सेनाको पोसाक र नक्कली परिचयपत्रसहितको फोटो तथा भिडियो अपलोड गरी ठगी गरेको प्रहरीद्वारा विज्ञप्तिमा भनिएको छ। 

उनले आफू नेपाली सेनाको उपसेनानी/सहसेनानी भएको र बुबा उपरथि, आमा मेजर, दिदी सहसेनानी हुन् भनी टिकटकमा भिडियो र फोटो अपलोड गरेको बताइएको छ। विज्ञप्तिमा युवकले टिकटकमा सैनिक परिचय दिएर नेपाली सेनामा भर्ति गरिदिन्छु, सरुवा/बढुवा गरिदिन्छु भनी नक्कली परिचयपत्र प्रयोग गरी ठगी गर्दै आएको विज्ञप्तिमा भनिएको छ। 

पक्राउ परेका युवकको घर खानतलासी गर्दा स्टेन्ट गनजस्तो देखिने हतियार थान एक, टेप लगाएर बनाएको वाकीटकीजस्तो देखिने वस्तु एक थान, सेनाको चुस्ता बुटलगायतका पोसाकहरू, नक्कली पेस्तोल र पेस्तोल राख्ने पाउँचलगायतका सामाग्री बरामद गरेको सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। 

विकलाई जिल्ला अदालत मुस्ताङमा हातहतियार खरखजनासम्बन्धी कसुरमा पेस गरी थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.