अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

बाजुरा: बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन्।

गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो। बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमी रमा रोकायाले बताईन् । 

बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्तादेखि चिकित्सक नहुदा जटिल खाले गर्भवतीलाई रिफर गर्ने गरिएको थियो। अस्पतालमा चिकित्सक नहुँदा अछाम रिफर गरेर लैजाँदै गर्दा बाटोमै बच्जा जन्मिएको थियो।

तालिम प्राप्त चिकित्सक डा. सुनिलकुमार शाह, डा. बिपुल चौधरी र डा. जस्मिता बलमपाकी बिदामा गएपछि बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत डा. दिपेन्द्र बुढा पनि बिदामा छन्।

भाग्य जस्तै धेरै गर्भवतीको पीडा यस्तै छ। हिमाली गाउँपालिका १ बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछि ३ घण्टा टाढाको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लैजाँदै गर्दा उनले पनि बाटो मै बच्चा जन्माएकी हुन्।

हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढाले पनि स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माएकी थिइन्।  वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने क्रममा पार्वतीको पनि बाटो मै बच्चा जन्मिएको हो।

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका बिकले पनि एक महिना पहिले बाटैमा बच्चा जन्माएकी थिइन्। सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा बच्चा जन्माएको स्थानीय बल बहादुर बिकले बताए । 

बाजुराका यी प्रतिनिधि उदाहरण हुन् । यस्ता घटना धेरै हुने गरेका छन्। स्वास्थ्य संस्था टाढा हुने, भएकामा पनि चिकित्सक नहुने समस्याले यहाँका गर्भवती पीडित छन्। प्रसूति गराउन अस्पताल जानुपर्छ भन्ने सोच भएकालाई पनि अस्पताको प्रसूति कठिन हुने बिच्छयाँ स्वास्थ्य चौकीमा कार्यरत विमला पाण्डेले बताइन्। यही क्रमले शिशु र आमाको ज्यान जाने खतरा पनि बढ्ने उनले बताइन्।

सुरक्षित प्रसूति गराउन नसक्दा ३ वर्षको अवधिमा ८ जना सुत्केरीको मृत्यु भइसकेको छ। गर्भवती जाँच गराउन नजाने तथा सुत्केरी गराउन समस्या हुने भएकाले मृत्युदर बढेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.