वडा कार्यालय र स्वास्थ्य केन्द्रलाई जग्गा दान

वडा कार्यालय र स्वास्थ्य केन्द्रलाई जग्गा दान

रौतहट: मधेस प्रदेश सभा सदस्य शोभादेवी साहले एक करोड रुपैयाँ बराबरको जग्गा दान गर्ने घोषणा गरेकी छन्।

ईशनाथ नगरपालिकालाई  वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्न साहले दुई कठ्ठा १६ धुर जग्गा दान दिने घोषणा गरेकी छन्।

ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानीयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा साहले यो घोषणा गरेकी हुन्। उनले जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिकमा  निर्वाचित भएपछि जग्गा दान दिने घोषणा गरेकी हुन्।

करोड मूल्य पर्ने जग्गा वडा कार्यलय र स्वस्थ्य चौकी निर्माणलाई सहयोग गरेको भन्दै वडाध्यक्ष धर्मेन्द्र साहले खुशी व्यक्त गरेका छन ।
वडा कार्यालयको भवन बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट छुट्टयाएको साहले बताए ।

ईसनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउँको बीचमा रहेको दान प्राप्त जग्गामा चाँडै स्वास्थ्य चौकी भवन निर्माणको पहल गरिने वडा कार्यालयले जनाएको छ। त्यसका लागि आफूले पनि बजेटको व्यवस्थापन गर्न पहल गर्न जग्गादाता साहले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.