आँधीखोलामा छाडियो २ लाख ८० हजार माछाका भुरा

आँधीखोलामा छाडियो २ लाख ८० हजार माछाका भुरा

स्याङ्जा :आँधीखोलाका माछा तथा जलचर संरक्षणका लागि भन्दै माछाका भुरा छाडिएका छन्। गल्याङ्स्थित आँधीखोला जलविद्युत उत्पादन केन्द्रको ड्याममा झण्डै २ लाख ८० हजार माछाका भुरा छाडिएका हुन्। 

वर्षेनि लाखौंका संख्यामा स्थानीय माछाका भुरा यहाँका कालीगण्डकी तथा आँधीखोलामा छाड्ने गरिन्छ। 

नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’जलविद्युत उत्पादन केन्द्र मत्य ह्याचरीको सहयोगमा यसबर्ष पनि विभिन्न प्रजातिका माछाका भुरा छाडिएका हुन्। 

गल्याङ् नगरपालिका ३ स्थित बुटवल पावर कम्पनीको ड्याममा गर्दि, हाडे, ठेड जातका माछाका भुरा छाडिएको छन्। ड्याममा हाडे र ठेड एक/एक लाख र गर्दि ८० हजारगरी २ लाख ८० हजार माछाका भुरा छाडिएको कम्पनी प्रमुखले जनाए।

गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले आँधीखोलामा माछाहरु लोप हुँदै गएको भन्दै माछा संरक्षण र माछा मारेर जिविकोपार्जन गर्ने वोटे र माझी समुदायलाई लक्षित  गर्दै माछा छाड्ने गरिएको बताए। उनले भने,' माछा मारेर जीविकोपार्जन गर्दै आएका समुदायका रोजगारका लागि नगरपालिकाले जलचर संरक्षणमा सहयोग गरेको जनाए। 
सोही कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने, वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, आँधीखोला जलविद्युत केन्द्रका प्रमुख डोलप्रसाद खरेल लगायतले जलचर संरक्षणमा स्थानीय सरकारले ध्यान दिने बताइन्।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र मत्स्य हेचरीका सिभिल फोरम्यान डोलराज न्यौपानेले माछाले पर्यावरणलाई समेत सन्तुलन राख्ने भएकाले सबैले जलचरको संरक्षणमा जोड दिनुपर्नेमा जोड दिए।  

यसैगरी? नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र प्रमुख अनन्त उप्रेती, जल विद्युत केन्द्रका बरिष्ठ सहायक ठाकुरप्रसाद पाण्डेले जलचरको महत्व र आवश्यकताका बारेमा जानकारी गराएका थिए।  

    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.