जलगैंडाले निलेका बालक जब जिबितै बाहिर निस्किए...

जलगैंडाले निलेका बालक जब जिबितै बाहिर निस्किए...

कम्पाला : अफ्रिकी मुलुक युगान्डामा ताल किनारामा खेल्दै गरेका बालकलाई जलगैंडाले निलेको समाचार बाहिरिएको छ।

ताल किनारामा खेल्दै गरे दुई वर्षीय बालक जलगैंडाले निलेको र फेरि मुखबाट बाहिर फ्याकिदिएको हो।

द टेलिग्राफको रिपोर्टअनुसार आइतबार दुई वर्षीय बालक पल इगा युगान्डाको एडवर्ड तालको किनारामा खेलिरहेका थिए।

अचानक तालबाट बाहिर निस्केको जलगैंडाले मुखले बेस्सरी बालकलाई च्यापेको थियो।

घटना हुँदा स्थानीय नागरिक क्रिस्पास बागोन्जा त्यहाँ थिए।
घटना देखेर उनी निकै आत्तिएका थिए। तर, पनि उनी बालकलाई सहयोग गर्न तम्सिए। उनले जलगैंडालाई ढुंगाले हाने। ढुंगाको चोटले जलगैंडा त्रसित भयो।

त्यसपछि जलगैडाले बालकलाई मुखबाट बाहिर फ्याकिदियो।

ती बालक सामान्य घाइते भएका थिए। उपचारका लागि क्लिनिकमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई नजिकैको अस्पतालमा रिफर गरिएको थियो। 

त्यहाँ रेबिजको ​​खोप लगाएर घर पठाइएको छ। युगान्डा प्रहरीले एक विज्ञप्तिमा भनेको छ-एडवर्ड तालको किनारमा हिप्पोले बच्चा निलेको यो पहिलो घटना हो । क्रिस्पास बागोन्जाको बहादुरीका कारण बालकको ज्यान जोगिएको हो।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.