सपथ कसले खुवाउने ? चित्रबहादुर केसी कि महिन्द्रराय यादव

सपथ कसले खुवाउने ? चित्रबहादुर केसी कि महिन्द्रराय यादव

काठमाडौंः प्रतिनिधिसभा सदस्यलाई सपथ कसले खुवाउने भन्ने प्रश्न उठेको छ । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले सपथ खुवाउने र ती व्यक्तिले नै बैठकको अध्यक्षता गर्ने प्रावधान छ । यद्यपी अहिलेसम्म कसले सपथ खुवाउने भन्ने निर्क्योल भइसकेको छैन ।

राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसी र राप्रपाका नेता पशुपति शमशेर जबराको उमेर ८० वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।

निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महिन्द्रराय यादव हुन् । आयोगको विवरण अनुसार यादवको उमेर ८५ वर्ष पुगेको छ । 

ठाकुरको जन्ममिति विसं १९९९ बैशाख २४, केसीको १९९७ माघ २० र जबराको १९९८ वैशाख २५ गते रहेको छ । 

 उमेरका हिसाबले यी तीनजनामध्ये केसी जेष्ठ सदस्य हुन् । निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महिन्द्रराय यादव हुन् । आयोगको विवरण अनुसार यादवको उमेर ८५ वर्ष पुगेको छ । 

तर, निर्वाचन आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाँझिएको छ । त्यसैले नवनिर्वाचित सांसदलाई सपथ खुवाउनेबारे अन्योल देखिएको हो । नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य हुन् । यादव सपथ खुवाउन अनइच्छुक देखिन्छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठाकुर महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए। यस्तै, सर्लाही २ बाट महिन्द्रराय सा‌ंसदमा निर्वाचित भएका हुन् भने चित्रबहादुर बागलुङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित  हुन्। पशुपतिशमशेर समानुपातिक सांसद हुन्।

संसद सचिवालयका उपसचिव दशरथ धमलाले जेष्ठ सदस्यको पहिचानबाट मात्रै सपथ कसले खुवाउने भन्नेबारे टुंगो लाग्ने बताए । धमलाले अन्नपूर्णसँग भने,' जेष्ठ सदस्य पहिचान गर्दैछौं । जेष्ठ सदस्यले राष्ट्रपतिसमक्ष सपथ खाएपछि उहाँले सांसदलाई सपथ खुवाउनुहुन्छ ।’

यसअघि २०७४ सालको प्रतिनिधिसभामा यादव उपस्थित नभएपछि सांसदलाई ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको सपथ गराएका थिए । नेता यादवले सपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि यादवपछिका ज्येष्ठ सदस्य ७५ वर्षका ठाकुरले सपथ खुवाएका थिए ।

संसदको कार्यसूची तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायको स्थानमा ज्येष्ठ सदस्यको रुपमा नेता ठाकुरलाई राष्ट्रपतिबाट सपथ गराउने सहमति भएको थियो ।

संसद सचिवालयका उपसचिव दशरथ धमलाले जेष्ठ सदस्यको पहिचानबाट मात्रै सपथ कसले खुवाउने भन्नेबारे टुंगो लाग्ने बताए । धमलाले अन्नपूर्णसँग भने,' जेष्ठ सदस्य पहिचान गर्दैछौं । जेष्ठ सदस्यले राष्ट्रपतिसमक्ष सपथ खाएपछि उहाँले सांसदलाई सपथ खुवाउनुहुन्छ ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.