५० हजारको लोभमा वृद्धाको हत्या

५० हजारको लोभमा वृद्धाको हत्या

काठमाडौं : तारकेश्वर-६ पुशल घर भएकी ९० वर्षीय डिल्ली पुतवार गत मंसिर २० गतेबाट एकाएक हराइन्। छोराछोरीसँग छुट्टिएर गाउँमा टहरो बनाएर एक्लै बस्दै आएकी डिल्ली गाउँभरी डुल्ने गर्थिन। सबैसँग गफ गर्दै रमाउने गर्थिन्। 

एकाएक गाउँबाट उनी हराएपछि गाउँलेले खोजी गर्न थाले। मंसिर २२ गते बिहान ८.३० बजे तारकेश्वर-३ मा रहेको पारिबन पाखाको जंगलमा मृत अवस्थामा उनी भेटिएकी थिइन्। 

उपत्यका अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार जंगलभित्र रहेको पानी बग्ने खोल्सामा टाउको र अनुहारमा चोट लागेको अवस्थामा उनको शव स्थानीयवासीले भेट्टाएका थिए। 

प्रहरी वृत बालाजुबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्‍यो। घटना शंकास्पद देखिएपछि उपत्यका अपराध महाशाखाको टोलीसमेत गएर अनुसन्धानमा खटिएको थियो। 

अनुसन्धानका क्रममा डिल्ली पुतवारको हत्या छिमेकी नरेन्द्र शिवभक्तिले गरेको खुलेको छ। यहि मंसिर २९ गते नरेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ। 

अपराध महाशाखाका प्रवक्ता कोइराला भन्छन्, 'डिल्ली पटुकामा पैसा बोकेर गाउँमा डुल्ने गरेको शिवभक्तिलाई जानकारी रहेछ। बेरोजगार शिवभक्तिले पैसाको लोभमा छिमेकी वृद्धाको हल्या गरेका हुन्। 

५ रोपनी जग्गा पनि भएकी डिल्ली गाउँमा पाइने राहत तथा सहयोग भनेपछि जतापनि पुग्ने गर्थिन। पक्राउ परेका नरेन्द्रले पटुकामा बोकेर हिँड्ने पैसाका लागि वृद्धा डिल्लीको हत्या गरेको स्वीकार गरेका छन्। 

प्रवक्ता कोइराला भन्छन्, 'चिसापानी चप्पल कारखानामा राहत बाडेको छ भनेर नरेन्द्रले डिल्लीलाई गाउँबाट डोहोर्‍याएर लगेका थिए। पारिवन पाखाको जंगलमा पुगेपछि मृतकले हत्या आरोपी शिवभक्तिलाई म पैसा दिन्छु, मेरो भागको राहत पनि ल्याइदेउ भनेकी थिइन्। यसैक्रममा उनीहरू दुवैले जंगलमै बसेर चुरोट पिएका थिए। चुरोट पिउँदै गर्दा नरेन्द्रले पछाडिबाट टाउको र गर्धनमा ढुंगाले हानेर वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।' 

वृद्धालाई हत्या गरेपछि खोल्सामा लुकाई उनीसँग भएको ५० हजार रुपैयाँ लिएर नरेन्द फरार भएका थिए। हत्या लगत्तै उनी भागेर पोखरा गएको र केही दिनअघि मात्रै गाउँ फर्किएका थिए। 

घटना र नरेन्द्रको व्यवहार दुवै शंकास्पद देखिएपछि प्रहरीले नरेन्द्रसँग अन्य केहीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा पैसाका लागि छिमेकी वृद्धाको हत्या गरेको आरोपीले स्वीकारेका छन्। 

उनी विरुद्ध मुलुकी अपराध संहिताको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थपी अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि उनलाई प्रहरी वृत बालाजुको हिरासतमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.