विदेशबाट फर्किएर चार दिनमा बुझे आठ शव
काभ्रे : काभ्रेको बेथानचोक चलालगणेशस्थानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका आठ जनाको शव परिवारले जिम्मा लिएको छ।
मंगलबार भएको दुघर्टनामा एकै परिवारको आठ जनाको मृत्यु भएको थियो। परिवारका सदस्यहरू विदेशमा रहेको र केही अस्पतालमा उपचारत रहेका थिए। जसका कारण आठै जनाको शव अस्पतालको शव गृहमा राखिएको थियो।
शुक्रबार परिवारको दुई सदस्य विदेशबाट फर्केपछि शव जिम्मा लिएका हुन्। साइलो छोरा जयराम मलेसिया र कान्छो छोरा अम्मर जापानबाट फर्केपछि शुक्रबार कुमार तामाङको शव जिम्मा लिए।
जयराम रोजगारका लागि दुई महिनाअघि मलेसिया पुगेका थिए भने अम्मर रोजगारकै क्रममा जापान रहेका थिए।
दुघर्टना भएको ४ दिनपछि परिवारको सदस्य विदेशबाट फर्केर आज शव जिम्मा लिएका जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए।
बनेपा नगरपालिका-११ सल्ललेका ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीया कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ रहेका छन्।