थारू कल्याणकारिणी सभा बर्दियाद्वारा अध्यादेशको स्वागत

थारू कल्याणकारिणी सभा बर्दियाद्वारा अध्यादेशको स्वागत

गुलरिया : सरकारले ल्याउन लागेको मुलुकी फौजदारी संहितासम्बन्धी अध्यादेशको थारु कल्याणकारी सभा बर्दियाले स्वागत गरेको छ। सभाले पत्रकार सम्मेलनमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै विधेयकको स्वागतसहित सरकारलाई धन्यवाद दिएको छ।

थारू कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबीच ०७८ जेठ १८ गते भएको सम्झौता कार्यान्वयन गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याउन लागेको अध्यादेश स्वागत योग्य तथा सकारात्मक रहेको थारु कल्याणकारीणी सभा बर्दियाका अध्यक्ष बिरबहादुर चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

थारू, आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिमलगायतका विभेद्मा पारिएका जातिहरूको पक्षमा अध्यादेश रहेकाले नेपालको द्वन्द ब्यवस्थापनगर्दै बृहत् शान्ति प्रक्रियाको निरन्तरता भएकाले विज्ञप्तिमार्फत् सरकारलाई धन्यवाद दिइएको छ।

पहिचान र अधिकारको लागि थारू कल्याणकारीणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको क्रममा ०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टीकापुर घटनाका झुठा मुद्दा लगाइएका थारू नेता तथा कार्यकर्ताहरूको मुदुदा फिर्ता एवं बन्दीहरूलाई अबिलम्ब रिहाइ गर्न विज्ञप्तिमा माग गरिएको छ।

अध्यादेशको पूर्ण समर्थनगर्दै सभाले कार्यान्वयनको लागि जोडदार माग गर्दै कार्यान्वयन नभए सशक्त आन्दोन गर्न बाध्य हुने बताइएको छ। जसअन्तर्गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय बर्दिया गेटमा १ घण्टा धर्ना, ४ गते सबै पालिकामा अध्यादेशको पक्षमा शान्तिपूर्ण र्‍याली गर्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.