ट्वीटरद्वारा पत्रकारका अकाउन्ट खारेज :  संयुक्त राष्ट्रसंघ र ईयूले दिए चेतावनी

ट्वीटरद्वारा पत्रकारका अकाउन्ट खारेज :  संयुक्त राष्ट्रसंघ र ईयूले दिए चेतावनी

वासिङटन डिसी : सुरुमा युरोपियन युनियन र त्यसपछि संयुक्त राष्ट्र संघले ट्वीटरमा केही पत्रकारको खाता निलम्बन गर्ने निर्णयको विरोध गरेको छ ।

ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका पत्रकारको खाता बन्द गरेको छ । संयुक्त राष्ट्र संघ (युएन) ले मिडिया स्वतन्त्रता 'कुनै खेलौना' होइन भन्दै ट्वीट गरेको छ। यसअघि युरोपेली संघले ट्विटरलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।

संयुक्त राष्ट्र संघकी ग्लोबल कम्युनिकेसन्सका उप-महासचिव मेलिसा फ्लेमिङले ट्वीटरबाट पत्रकारहरूलाई मनोमानी ढंगले निलम्बन गरिएको खबरले आफू चिन्तित भएको बताइन्।

उनले भनिन्, ‘मिडिया स्वतन्त्रता खेलौना होइन । स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो। यसले हानिकारक विकृति विरुद्धको लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ।'

यसअघि शुक्रबार युरोपेली युनियन कमिसनरले ट्विटरलाई युरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

उनले यस ऐनअन्तर्गत ‘मिडियाको स्वतन्त्रता र आधारभूत अधिकारको सम्मान आवश्यक रहेको बताए ।  

मस्कले यस विषयमा ट्विटमा भनेका छन्, 'दिनभर मेरो आलोचना गर्नु एकदमै राम्रो हो तर मेरो वास्तविक समय र स्थानको बारेमा बताउनु र मेरो परिवारलाई खतरामा पार्नु ठीक होइन।' बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.