शैक्षिक सुधारका लागि कुशेमा 'हेलो अध्यक्ष' कार्यक्रम

शैक्षिक सुधारका लागि कुशेमा 'हेलो अध्यक्ष' कार्यक्रम

जाजरकोट : शिक्षाको गुणस्तर सुधारका लागि जाजरकोटको कुशे गाउँपालिका वडा नंम्वर –९, का वडाध्यक्ष शिवराज गिरीले हेलो अध्यक्ष कार्यक्रम सञ्चालन गरेका छन् ।

कार्यकक्षमै रहेर तथा आफैँ विद्यालयमा गएर अध्यक्ष गिरीले शैक्षिक समस्या बुझ्ने र गुनासाहरू सुनेर सुधारका लागि आवश्यक सहयोग गर्ने र पृष्ठपोषण दिने गरेका छन् । शिक्षाको गुणस्तर सुधार विना समाज अघि बढ्न नसक्ने भएकोले यस्तो कदम चालेको उनले बताए ।
 

वडाध्यक्षमा निर्वाचित लगत्तै थालिएको शैक्षिक सुधार कार्यक्रले शिक्षामा केही सुधारका सकेतहरु देखिएका छन् । विद्यालहरूमा शिक्षक,  विद्यार्थी र  अभिभावक अन्तरक्रिया कार्यक्रमबाट पनि थप सुधार भएको उनको भनाइ छ । वडाध्यक्षले आफ्ना वडाभित्र रहेका विद्यालयको अनुगमन गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, अभिभावक र समाजसेवीहरुलाई पठाउँछन् ।

उनीहरुले विद्यालयमा विद्यार्थी उपस्थित भए-नभएको, शिक्षक आए-नआएको, नियमति रुपमा पढाइ भए-नभएको हेर्छन्। साथै उनले विद्यालयमा मासिक परीक्षा र विद्यार्थीको पढाई सुधारको लागि मासिक रुपमा अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम समेत गर्न सुझाव दिने गरेका छन् । गिरी लामो समयदेखि नै शैक्षिक सुधारमा क्रियाशील देखिन्छन्।

उनले सुरुवात गरेको हेलो अध्यक्ष अभियानबारे धेरैले खुलेर प्रशसा गरिरहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश मल्लले अध्यक्षको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे। उनले  हरेक सरोकारवाला विद्यालय सुधार र शैक्षिक गुणस्तर कायम गर्न जुट्नु आवश्यक रहेकोमा समेत जोड दिए। अध्यक्षले चाहे शैक्षिक सुधारका धेरै काम गर्न सकिने मल्लको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.