लिम्चुङ्गबुङ्ग गाउँपालिकाको काम पारदर्शी बनाउन एमालेको माग
उदयपुर: लिम्चुङ्गबुङ्ग गाउँपालिकाले गरेका कामकार्वाही पारदर्शी र जवाफदेही बनाउन माग गरेको छ।
८ बुँदे मागसहितको विज्ञप्ति जारी गर्दै एमालेले विभिन्न निकायबाट प्राप्त बजेट खर्चको विवरण पारदर्शी बनाउन माग गरेको हो।
एमाले लिम्चुङ्गबुङ्ग गाउँपालिका कमिटीका अध्यक्ष भलराज राई र सचिब चित्रकुमार राई (मनराज)ले एक विज्ञप्ति जारी गर्दै पालिकाले खरिद गरेका सार्वजानिक सम्पति, भौतिक पूर्वाधार, विकास निर्माण लगायतका कामकार्वाहीको विवरण देखाउन माग गरेको हो। गाउँपालिकामा जवाफदेहिताका न्यूनतम सर्तसमेत पालना नभएको गुनासो सर्वसाधरणबाट आएपछि एमालेले खबरदारी गरेको हो।
गाउँपालिकाबाट खरिद गरी सञ्चालनमा रहेका सार्वजानिक यातायात (बस), स्काभेटरको हालसम्मको आयव्यय विवरण सार्वजानिक नगरिएको, भौतिक पुर्वाधार निर्माणका निम्ति ठेक्का लगाइएका संरचना मापदण्डविपरित रहेको, बालुवा, गिट्टी, फलामे छड, सिमेन्टलगायतका कच्चा पर्दाथ गुणस्तरहिन प्रयोग भएको र समयमा नै निर्माण नभएको बताइएको छ।