आहा ! लोदेन

आहा ! लोदेन

ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दुई दिनमा पुगिन्छ लोदेन खर्क। मिक्वाखोला गाउँपालिका-५ पापुङलाई पोखरीहरूको राजधानी नै भन्न सुहाउँछ। करिब ९५ भन्दा बढि पोखरीको पहिचान भएको पापुङ क्षेत्र पर्यटक र अनुसन्धान अन्वेशण गर्नेका लागि नयाँ गन्तव्य हो। 

जैविक विविधता, हिमाल, पहाड, झरना, फाँट, सिरसिर चल्ने शितल पवन, राइनी र बुकीसहित रंगीन फूल, बास्ना सबैको संगम हो लोदेन। धार्मिक तथा पर्यटकीय दुवै हिसाबले सम्भावना बोकेको पापुङस्थित तोक्पेगोला र लोदेन क्षेत्र प्रचार-प्रसारको कमीले ओझेलमा छ।

समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाईमा रहेको लोदेन क्षेत्र जैविक तथा प्राकृति सौन्दर्यताले भरिपूर्ण भएतापनि प्रचार-प्रसारकै अभावले पर्यटकको आवतजावत कम हुने गरेको छ। यस क्षेत्रमा सोदो पोखरी, भूत पोखरी, कुइने पोखरी, लाम पोखरी, कालो पोखरी, तीन पोखरीसहितका ९५ वटा भन्दा बढि पोखरी रहेको स्थानीय नुपू शेर्पाले बताए। 

प्रदेश नम्बर १ कै सबैभन्दा बढी तालतलैया भएको क्षेत्रमा लोदेन खर्क पर्ने र यस्को उचित प्रचार-प्रसार हुन नसक्दा ओझेलमा पर्न गएको गाउँपालिका उपाध्यक्ष डण्डु लामा बताउँछन्। यो क्षेत्रलाई पर्यटकीय बनाउन गाउँपालिकाले आवश्यक पहल गर्दै आएको वडाध्यक्ष ग्यान्जे शेर्पा बताउँछन्।
 
वडाध्यक्ष शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेशा पशुपालन हो। गाई, याक तथा चौरी पालेर जीवनयापन चल्छ। बिहान छाड्दा र गोधुली साँझमा फर्कदा याक तथा चौरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङ कुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ। कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात बेसी झर्छन्। जडिवुटी पनि आम्दानीको स्रोत बनेको अध्यक्ष शेर्पाले बताए। 

तोक्पेगोला पुगेर फर्कने भन्छन्, ‘भर्जिन पर्यटकीय क्षेत्र।’ लोदेन खर्क हुँदै, तोक्पेगोला र ओलाङचुङगोला पनि पुग्न सकिन्छ। 

कसरी पुगिन्छ ?
सदरमुकामदेखि गाडीमा दोभान-सान्थाक्रा-फुङफुङे झरना हुँदै पापुङसम्म गाडी चल्छ। त्यसपछिको २ घण्टाको पैदल हिँडाई पछि सिम्बुक गाउँ पुगिन्छ। अर्कोदिन हिँडेर लोदेन खर्क पुगिन्छ। उता तोक्पेगोला जाने हो भने चाहिँ पापुङ मै बास बस्नुपर्छ र अर्कोदिन तोक्पेगोला पुगिन्छ। दर्जन बढी झोलुङे र काठे पूलको पनि अनुभव लिन पाईन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.