स्थानीय निकायलाई जिम्मेवार बनाए प्रदेश सरकार चाहिँदैन:  नारायणमान बिजुक्छे

स्थानीय निकायलाई जिम्मेवार बनाए प्रदेश सरकार चाहिँदैन:  नारायणमान बिजुक्छे

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन पर्ने बताएका छन्। स्थानीय निकायलाई सक्रिय बनाउन सके संघीय सरकारको काम आधा घट्ने बताए।

७३ औं स्थापना दिवसको उपलक्ष्यमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको नयाँ भवन उद्घाटन गर्दै बिजुक्छेले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिए प्रदेश सरकारको आवश्यकता नै नरहेको बताए।

देशको परिस्थिति निकै विकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् नाजुक बन्दै गएको बताए। नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा नेपालमा राजनीतिक अस्थिरता बढ्दै गएको बताउँदै बिजुक्छेले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न पनि भारतकै सहयोगमा हुनुपर्ने अवस्था आउनु देशको लागि घातक भएको बताए।

 
न्याय प्रशासनलाई राजनीति अलग राख्ने कुरा आफैँमा गलत भएको भन्दै उनले नेपालको कार्यपालिका र विधानपालिकामा समेत भारतको छायाँ परेकाले देशभक्त जनता एकजुट हुनुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.