अमेरिकामा चिसोले १ करोड ५० लाख बिरामी,  ९ हजार ३०० को मृत्यु

अमेरिकामा चिसोले १ करोड ५० लाख बिरामी,  ९ हजार ३०० को मृत्यु

वासिङटन डिसी : संयुक्त राज्य अमेरिकामा यो मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख मानिस चिसोको कारण बिरामी भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ।

शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार अहिले एक लाख ५० हजार अस्पताल भर्ना भएका ९ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्बजनिक सीडीसीको रिपोर्टमा उल्लेख छ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ।

सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिका फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्।

इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.