भक्तपुरमा ग्रासरुट फुटसल प्रशिक्षण सुरु

भक्तपुरमा ग्रासरुट फुटसल प्रशिक्षण सुरु

भक्तपुर  : सिद्धि मेमोरियल भक्तपुर फुटसल क्लबको आयोजनामा भक्तपुरमा ग्रासरुट फुटसल प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको उदघाटन बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाइले एक कार्यक्रमबीच गरे । 

आयोजक सिद्धि मेमोरियल भक्तपुर फुटसल क्लबका अध्यक्ष राम प्रजापतिका अनुसार फुटसल प्रत्येक हप्ता शनिबार शनिबार बिहान हुनेछ । फुटसलमा हालसम्म जिल्लाका विभिन्न १६ वटा स्कुलहरुबाट सहभागिता जनाएको उनले जनाए । 

स्कुलका आठ, दस र १२ वर्ष मुनिका बालबालिकालाई प्रशिक्षण दिइने  जानकारी उनले गराए । प्रशिक्षण भक्तपुरस्थित महेश्वरी खेल मैदानमा हुनेछ । यो प्रशिक्षण असार महिनासम्म चल्ने जानकारी उनले गराए । बालबालिकालाई फुटबलसँग नजिक बनाई भविष्यमा राम्रो फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले जानकारी गराए । 

कार्यक्रममा सिद्धि मेमोरिय अस्पतालका अध्यक्ष एवं आयोजक टिमका संरक्षक श्यामसुन्दर धौभडेलले भक्तपुरको फुटबलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा धौभडेलको ७० औं जन्मदिन पनि मनाइएको थियो । त्यस अवसरमा ठूलो केक काटेर सहभागी सबै बालबालिकालाई पनि वितरण गरिएको थियो ।  कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, फुटबलका राष्टिय किपर विकोश कुथूलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.