होटल व्यवसायी संघको अध्यक्षमा पुनः राजभण्डारी चयन

होटल व्यवसायी संघको अध्यक्षमा पुनः राजभण्डारी चयन

बागलुङ : होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः निलेश राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । 

संघको शनिबार भएको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले राजभण्डारीलाई अध्यक्षमा पुनः दोहोराएको हो । संघको उपाध्यक्षमा तालबहादुर कुँवर र ललिता थापा, सचिवमा कविता बस्नेत, कोषाध्यक्षमा सविता आचार्य कँडेल र सहसचिवमा लक्ष्मीप्रसाद सापकोटा भूमिश्वर रहेका छन् ।

सदस्यहरुमा हिमाल शर्मा, सन्दिपा गुरुङ, कृष्ण खड्का चयन भएका छन् । साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा होटल व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले कोरोना महामारीले थला परेको होटल व्यवसाय भर्खर तङ्ग्रीन थालेकोले नयाँ नयाँ स्कीमहरु ल्याएर पर्यकलाई थप आकर्षित गर्न व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.