पेमा छ्योलिङ गुम्बाका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण

पेमा छ्योलिङ गुम्बाका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण

गोरखा: चुमनुब्री गाउँपालिका १ सामागाउँको पेमा छ्योलिङ गुम्बामा बस्ने वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ। गुम्बामा आश्रय लिएर बस्दै आएका ४० जना भन्दा धेरै वृद्धवृद्धाको दुईसातादेखि नियमित स्वास्थ्य परीक्षण सुरु गरिएको गुम्बामा प्रमुख जिग्मे लामाले जानकारी दिए।

‘गाउँमा स्वास्थ्य चौकी छ, तर उहाँहरू गाउँबाट करिब २० मिनेट परको पेमा छ्योलिङ गुम्बामा बस्नुहुन्छ । स्वास्थ्य परीक्षण गर्न नियमित रुपमा गाउँमा आउन कठिन हुन्छ, त्यसैले मैले गाउँकै हेल्थपोस्टका स्वास्थ्यकर्मीलाई अनुरोध गरेर शनिबार गुम्बामै गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छु’, लामाले भने, ‘धेरै चिसोमा बसेकाले होला घुँडा, हाडजोर्नी दुख्ने, हाई ब्लडप्रेसरलगायतका  समस्या अलि बढि देखिने गर्छ।’ वृद्धवृद्धाको अक्सिजन लेभल पनि नियमित जाँच गर्ने गरेको उनले बताए।

कमजोरी देखिएका वृद्धवृद्धालाई भिटामिन लगायतका तागत दिने औषधी तथा तेलको व्यवस्था मिलाएको उनले बताए। 

४५० वर्षभन्दा पुरानो पेमा छ्योलिङ गुम्बामा सामागाउँका ४०, ५० जना वृद्धवृद्धाहरु माने घुम्ने, माला जप्ने गरेर बस्दै आएका छन्। अहिले चिसो बढेसँगै कतिपय वृद्धवृद्धा भने चारधामका लागि तल्लो भेगमा झरेका र त्यहाँ करिब २०, २५ जना मात्र रहेको उनले बताए। 

‘वृद्ध अबस्था भएपछि घरमा छोरा, बुहारी, नाति, नातिनीसित बस्न मन नलागेर गुम्बामा बस्ने चलन छ’, प्रमुख लामा जिग्मेले भने, ‘उहाँहरुलाई मैले आफ्नो खुशीले सेवा गरेको हुँ ।’ यसलाई सम्भव भएसम्म निरन्तरता दिँदै जाने उनले बताए।

गोरखा सदरमुकामबाट ५२ कोश टाढा रहेको यो गुम्बा गाउँपालिका सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पर्छ । यहाँबाट पैदल हिडेर सदरमुकाम पुग्न पाँचदेखि सातदिनसम्म पैदल हिड्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.