वन्यजन्तुको चोरी शिकार गरेको आरोपमा दुई जना पक्राउ

वन्यजन्तुको चोरी शिकार गरेको आरोपमा दुई जना पक्राउ

जोमसोम : वन्यजन्तुको चोरी शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

वन्यजन्तुको चोरी शिकारमा संलग्न रहेको आरोपमा म्याग्दी जिल्ला अन्नपूर्ण–३ दाना बस्ने ७८ वर्षीय शंकरमान गौचन र सोही स्थानमा बस्ने ३६ वर्षीय यामबहादुर थापालाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

त्यहाँ घोरल मृत अवस्थामा फेला परेको छ। घटनास्थलबाट शिकार खैल्न प्रयोग गरिएको २२ हर्नेट राईफल एक,सोही हतियारमा प्रयोग हुने म्याग्जीन र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरुलाई हातहतियार तथा खरखजना कसुरमा जिल्ला अदालत मुस्ताङमा पेश गरी थप अनुसन्धान भइरहेको छ। 

पक्राउ परेका व्यक्तिलाई वन्यजन्तुको अवैध चोरी शिकारअन्तर्गत अन्नपूर्ण संरक्षण आयोजनाबाट समेत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.