‘कांग्रेस नेतृत्वमै सरकार’

‘कांग्रेस नेतृत्वमै सरकार’

काठमाडौं : सत्तासमीकरण कता जान्छ ?, को सँगको सहकार्यमा सरकार बन्छ ? प्रश्नको उत्तर अझै अन्योल छ। आइतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक अघि नेकपा माओवादीका अध्यक्ष भेट्न कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रचण्ड निवास पुगे। भेटमा दुवै नेताबीचमा सत्ता गठबन्धन जोगाउने गरी कसरी हुन्छ सहमति गरेर जाउँ भन्ने तर्क थियो।

भेटका क्रममा उपसभापति खड्काले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि माओवादीको सहयोग आवश्यक रहेको प्रस्ताव राखेका थिए। जवाफमा प्रचण्डले यदि गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्ने भन्ने पूर्वघोषित सहमति भएको भन्दै दोस्रो चरणमा प्रधानमन्त्री बन्नमा म सहयोग गर्छु कांग्रेसभित्र वातावरण बनाइदिनुहोस्। भन्ने प्रस्ताव खड्कालाई राखेका थिए।

भेटका बारेमा उपसभापति खड्काले उहाँहरूको अडान सत्तागठबन्धन दलकै एक भाग भएकाले स्वाभाविक भएको बताउँदै भने, ‘सत्तागठबन्धन जोगाउनकै लागि पनि माओवादी पार्टीले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न सहयोग गर्छ। यदि सहयोग नगरेको खण्डमा अन्य दलसँग वान टु वान वार्ता हुन सक्छ। त्यो स्वाभाविक पनि हो।’ 

नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिए लगत्तै प्रवक्ता डा. प्रकाश शरण महतले अबको सत्तासमीकरणको विषयमा कांग्रेसको स्पष्ट अडान भएको भन्दै भने, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ। संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ। त्यस अर्थमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरूलगायत अन्य दलसँगसमेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ भएको छ।’ 

महतले सरकारमा जानका लागि कांग्रेस पहिलो विकल्प भएको बताउँदै गठबन्धनमा भएका अन्य दलले पनि दाबी गर्न सक्ने बताउँदै भने, प्रचण्डजीले इच्छा जाहेर गर्नु पनि स्वाभाविक हो। उहाँले इच्छा प्रकट गर्नुभएको छ। उहाँको मनसाय आउनुलाई हामीले आश्चर्य ठानेका छैनौं।’ प्रवक्ता महतले अगाडि भने, ‘पहिला त माओवादी पार्टीसँगै सत्तासमीकरण मिलाएर जाऔं भन्ने कुरामा कांग्रेस प्रतिबद्ध छ। यदि माओवादीले आफ्नो अडान छोड्ने अंक गणितलाई पनि हेरेन भने अन्य दल जो कांग्रेससँग सत्ता समीकरणमा आउन चाहानुहुन्छ उहाँहरूसँग वान टु वान वार्ता गर्छौं।’ भन्नाले नेकपा एमालेसँग पनि समीकरण बन्न सक्छ ? ‘स्वाभाविक रूपमा सहमति भयो भने बन्न सक्छ।’ 

  • सरकारमा जान कांग्रेस पहिलो विकल्प भएको माओवादी नेताको भनाई
  • सांसदहरूले शपथ ग्रहण सकिएपछि मात्र बाँकी छलफल 

कांग्रेसकै एक केन्द्रीय सदस्यले भने यदि माओवादीको अडान प्रधानमन्त्रीमा यथावत् रहने हो भने सबै दलसँगको वार्ताका लागि ढोका खुला रहन्छ। उनले अगाडि भने, ‘अब राष्ट्रपतिले समय तोकिसकेको अवस्थामा अब माओवादीको विचारका लागि समय धेर कुर्दैर्नौं। यदि पछिल्लो अडान यथावत् भयो भने उहाँहरू दोस्रो चरणमा नेतृत्व लिन तयार हुनुभएन भने नेकपा एमालेसँग हामी सहकार्य गर्न सक्छौं। त्यसका लागि पनि कांग्रेसले ढोका खुला राखेको छ। हामी सबै दलसँग वान टु वान वार्तामा हुनेछौं।’ उनले अगाडि भने, ‘सोमबारै नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली समक्ष कांग्रेसका एक पदाधिकारीको भेटघाट कार्यक्रम छ। जुन भेट सत्ता समिकरणको विषयमा हुन्छ।’ 

यस्तै माओवादीका महासचिव देव गुरुङले भने चुनाव अघिनै भएको सहमतिअनुसार नै माओवादीले पहिलो चरणमा प्रधानमन्त्रीका लागि अडान राखेको बताए। उनले भने, ‘हामीले अहिले आएर राखेको अडान हैन। 
निर्वाचनअघि गठबन्धनका दलहरूसँग भएको सहमति अनुरूप अथवा भनौं प्रधानमन्त्रीजीसँग भएको सहमति अनुरूप नै अहिले हामीले दाबी गरेका छौं। यद्यपि निर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि मात्र प्रक्रिया अगाडि बढाउने कुरा भएको छ।’ तपाईँहरूको घुर्की बार्गेनिङका लागि हो ? भन्ने प्रश्नमा उनले भने, ‘माओवादी पार्टीलाई बार्गेनिङको आवश्यकतै छैन। स्वाभाविक रूपमा एउटा प्रमुख पदमा दाबी रहन्छ। त्यसबाट पछि हट्ने कुरा हुँदैन। हामी गठबन्धनको दोस्रो ठूलो दल हौं।’

केन्द्रीय सदस्य तथा भर्खरै निर्वाचित सांसद डा. शशांक कोइरालाले पनि पहिलो चरणमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। कांग्रेसको पार्टी कार्यालयमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसनै पहिलो पार्टी हो। जोसँग बहुमत छ। स्वाभाविक रूपमै कांग्रेसले पहिलो चरणमा नेतृत्व लिन्छ। यसमा अरू दलले स्वाभाविक मान्नुपर्छ।’ 

कोइरालाले संसदीय दलको निर्वाचनको विषयमा प्रतिक्रिया दिँदै भने, ‘म उम्मेदवार हैन। मेरो समर्थन देउवाजीलाई छ। तर अर्कोतिर मेरो दाजु पनि उठ्दै हुनुहुन्छ त्यसैले म सोचेर मत दिन्छु।’ उनले आफू सरकारमा जाने विषयमा स्पष्ट पार्दै भने, ‘मैले शेरबहादुरजीलाई भने ४ पटक जितेको छु एक पटक मन्त्री दिनुहोस् भनेको छु। कृषि मन्त्रालयमा मेरो रुचि हो।’ आइतबारै मात्र माओवादीको पदाधिकारी बैठक पनि बसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.