इङ्लिस क्लबलाई हर्जना

इङ्लिस क्लबलाई हर्जना

जुरिच : फिफाले युरोपेली फुटबलको सिजनको बीचमा विश्वकप गरेबापत क्लबहरूलाई खेलाडीको सहभागिताका आधारमा पैसा तिर्ने भएको छ। कतारमा जारी विश्वकपबाट सबैभन्दा फाइदा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई हुने भएको छ। सिटीले विश्व फुटबलको सर्वोच्च निकायबाट करिब ४.५ मिलियन पाउन्ड प्राप्त गर्नेछ। कतारमा जारी विश्वकपमा सिटीका १६ खेलाडी सहभागी छन्। त्यसैले सबैभन्दा फाइदा सिटीलाई नै हुने भएको हो।

फिफाले करिब एक सय ६९ मिलियन पाउन्ड पुरस्कार राशिबाट खेलाडी कति लामो सयमसम्म सहभागी हुन्छन््, त्यहीअनुसार क्लबलाई पैसा दिने भएको छ। यो नियमअनुसार विश्वकप खेल्ने खेलाडीको प्रत्येक दिन आठ हजार एक सय पाउन्ड क्लबले पाउँछ। सिटीका धेरै खेलाडी लामो सयमसम्म विश्वकपमा आवद्ध रहेकाले त्यसको फाइदा हुने भएको हो।

स्पेनिस क्लब बार्सिलोनाले सिटीभन्दा करिब चार लाख पाउन्ड थोरै कमाउने छ। बार्सिलोनाका १७ खेलाडी सहभागी छन्। बार्सिलोनाले धेरै कमाउने थियो। तर, आठ स्पेनिस खेलाडी अन्तिम १६ बाटै बाहिरिएपछि क्लबको आम्दानी पनि खुम्चिएको हो। 

दी टाइम्सका अनुसार म्यानचेस्टर युनाइटेडले २.९२ मिलियन पाउन्ड पाउने छ। जुन इङ्लिस क्लबले पाउने दोस्रो सर्वाधिक मूल्य हो। युनाइटेडका १३ खेलाडी विश्वकपमा सहभागी छन्। यस्तै १२ खेलाडी सहभागी भएको चेल्सीले २.४७ मिलियन पाउन्ड पाउने छ भने टोट्टनहामले २.३३ मिलियन पाउन्ड कमाउने छ। टोट्टनहाम का ११ खेलाडी विश्वकपमा सहभागी थिए। प्रिमियर लिगमा सबैभन्दा कम लाभ हुने क्लबमा बर्नमाउथ, क्रिस्टल प्यालेस, साउथह्याम्टन छन्। यी क्लबका कुनै पनि खेलाडीले समूह चरण पार गर्न सकेका छैनन्।

चार वर्षपछि अमेरिकामा हुने विश्वकपको अर्को संस्करणमा फिफाले अझै धेरै रकम क्लबलाई दिनेछ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा ४८ मुलुक सहभागी हुँदा धेरै क्लबका खेलाडी प्रयोग हुनेछन्। त्यति मात्रै नभएर आगामी विश्वकपमा कम्तिमा एक सय खेल हुनेछन्।

प्रिमियर लिग कहिले सुरु हुन्छ ?

विश्वकप फाइनलको आठ दिनपछि अर्थात् डिसेम्बर १८ (बक्सिङ डे)बाट प्रिमियर लिगका खेलहरू फेरि सुरु हुनेछन्। यो विश्वकपको ब्रेकपछि बाध्यकारी आराम समय हो। प्रिमियर लिगले सिजन पुनः सुरु भएपछि सुरुवाती तीन खेलमा कम्तिमा ४८ घण्टाको फरक राख्ने बताइसकेको छ। त्यसपछि खेलाडीलाई कति आराम दिने भन्ने प्रशिक्षकमा निहित रहने छ।

जारी विश्वकपमा इङ्लिस प्रिमियर लिगबाट एक सय ३३ खेलाडी सहभागी छन्। त्यसमध्ये दुई तिहाई खेलाडी विश्वकपबाट बाहिरिसकेका छन्। अझै पनि एस्टनभिल्ला, टोट्टनहाम, म्यानचेस्टर युनाइटेड, ब्राइटन, म्यानचेस्टर सिटी, चेल्सी, वेस्टहाम, आर्सनल र लिभरपुलका खेलाडी विश्वकप खेलिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.