बैतडीमा शिक्षक मृत फेला, हत्या गरिएको आंशका

बैतडीमा शिक्षक मृत फेला, हत्या गरिएको आंशका

 बैतडी : बैतडीको पाटन नगरपालिका- ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहदुर बिष्ट मृत फेला परेका छन्। सुर्नया गाउँपालिका २ ग्वानी घर भएका ५५ वर्षीय शिक्षक बिष्ट आफूले अध्यापन गराउँदै आएको कृष्ण माविको छात्रबास नजिकै झाडीमा मृत फेला परेका हुन्।

शनिबार दिउँसो १२ बजे स्थानीयहरुले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  अहिले शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहमा राखिएको छ । 
हत्या गरिएको भन्दै मृतकका परिवारले निष्पक्ष अनुसन्धान नभएसम्म शव नउठाउने अडान राखेका छन् ।

शिक्षक बिष्टको शरीरमा चोट देखिएका कारण हत्या गरिएको परिवारको आशंका  छ । ‘अनुहारमा चोट छ, दाँत  र नाक भाचिएको छ, छातीमा समेत चोट छ, यो हत्या नै हो,'आफन्त लोकेन्द्र बिष्टले भने । शरीरको अगाडितिर मात्रै चोट रहेकाले यो हत्या गरिएको सहजै भन्न सकिने उनको दाबी छ । 

प्रहरीमा हत्या भएको आशंकामा निवेदन दिइएको र अनुसन्धान अघि नबढेसम्म शव नबुझ्ने आफन्तले अडान राखेका छन् ।  घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । 

शिक्षक बिष्ट २०४८ सालदेखि कृष्ण माविमा अध्यापन गराउँदै आएका थिए ।  

सोमबार बिहानैदेखि पाटन बहुमुखी क्याम्पस र कृष्ण माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । शिक्षक बिष्टको हत्या गरिएको भन्दै न्यायको माग गर्दै उनीहरु आन्दोलित बनेका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.