एलन मस्कको विपक्षमा मतदान, ट्वीटरबाट राजीनामा देलान्?

एलन मस्कको विपक्षमा मतदान, ट्वीटरबाट राजीनामा देलान्?

काठमाडौं : ट्वीटर प्रयोगकर्ताहरूले अर्बपति एलन मस्कको विपक्षमा मतदान गरेका छन्। ट्वीटर प्रमुखको पद छोड्नुपर्छ? भन्ने उनकै पोलमा ट्वीटर प्रयोगकर्ताहरूले विपक्षमा मतदान गरेका हुन्।

आइतबार सुरु गरिएको पोलमा ५७.५ प्रतिशतले विपक्षमा मतदान गरेका छन्। जबकि उनको पक्षमा ४२.५ प्रतिशतले मतदान गरेका छन्। यो समाचार तयार पार्दासम्म एक करोड ७५ लाख बढीले मतदान गरेका छन्।

उनले नतिजाको पालना गर्ने उल्लेख गरेका छन्। तर उनले ट्वीटरको प्रमुखबाट राजीनामा दिने कि नदिने भन्नेबारे केही खुलाएका छैनन्।

ट्वीटरको स्वामित्व लिएसँगै मस्क विवादित रहँदै आएका छन्। हालै अमेरिकाको प्रतिष्ठित मिडियाका पत्रकारहरूको ट्वीटर डिलिट गरिदिएको आरोप उनीमाथि छ। यही कारण संयुक्त राष्ट्र संघले पनि उनलाई अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगर्द चेतावनी दिएको छ। यही विवादमा मुछिएपछि मस्कले आइतबार ट्वीटरमा पोल राखेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.