कोभिड बढेपछि बेइजिङमा अनलाइनबाट उपचार सेवा

कोभिड बढेपछि बेइजिङमा अनलाइनबाट उपचार सेवा

बेइजिङ : चीनको राजधानी बेइजिङमा कोभिड-१९ को संक्रमण बढ्न थालेसँगै अनलाइनबाट उपचार सेवा दिन थालिएको छ। 

बढ्दो संक्रमणलाई न्यूनीकरण गर्नका लागि उक्त सेवा सुरु गरिएको सोमबार पत्रकार सम्मेलनमार्फत सहरी स्वास्थ्य आयोगका अधिकारी थु च्रिथाओले जानकारी दिए। 

बेइजिङका अस्पतालहरूले कोभिड-१९ का बिरामीलाई अनलाइनबाट सेवाको अवसर दिन सक्ने आयोगका अधिकारी थुले जानकारी दिए। मूल्य र स्वास्थ्य विमाको सहायतामा उक्त सेवा दिन सकिने उनको भनाइ छ। 

सार्वजनिक अस्पतालले भौतिक रूपमा सेवा दिँदा लाग्ने शुल्क र बिमा अनुसारकै अनलाइनमार्फत सेवा प्रवाह गर्न सक्छन्। सामान्य बिरामीलाई स्वास्थ्यकर्मीको सिफारिसमा औषधि पुर्‍याउन सकिन्छ। 

बढ्दो माग पूरा गर्न विगत दुई सातादेखि त्यहाँका बासिन्दाहरूलाई औषधिको आपूर्ति बढाइरहेको उनको भनाइ छ। 

वृद्धवृद्धा, बालबालिका र गर्भवतीलगायतका बढी प्रभावित हु्ने समूहलाई बढी ध्यान दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.