देउवासँग संसदीय दलमा भिड्न हानथाप

देउवासँग संसदीय दलमा भिड्न हानथाप

काठमाडौं : कांग्रेस संसदीय दलका नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भिड्न संस्थापनइतर समूहमा हानथाप चलेको छ। यो समूहबाट उम्मेदवार बन्न नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन्। 

इतर समूहको सोमबार बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो। मंगलबार बिहान पनि बैठक बस्ने नेताहरूले बताएका छन्। बैठकमा महामन्त्री थापाले आफू दलका नेतामा निर्वाचित हुने आधार रहेको दाबी गर्दै आफ्नो नेताका रूपमा नेता डा. कोइरालालाई मान्ने स्वीकार गरेका थिए।  डा. कोइरालाले भने १४औं महाधिवेशनमा सभापतिका लागि देउवासँग प्रतिस्पर्धा गरेकाले अहिले पनि आफ्नै नेतृत्व स्वीकार गर्न थापासहित उनी पक्षधर नेतालाई आग्रह गरेका थिए। 

बैठकमा सहभागी नेताले भने इतर समूहबाट जो भए पनि एक जना सर्वसम्मत रूपमा उम्मेदवार बन्नुपर्ने धारणा राखेका थिए। दुई नेताको अडान सोमबार अन्तिम समयसम्म पनि कायमै राखेको बैठकमा सहभागी एक सांसदले बताए। ती सांसदले भने, ‘हामीले सहमतिमा एक जना उम्मेदवार बन्नुस् भन्यौं तर उहाँहरूले अडान छोड्नुभएको छैन।’

नेता अर्जुननरसिंह केसीले सोमबार रातभरीमा एउटा निर्णय आउने विश्वास व्यक्त गरे। ‘संसदीय दलको चुनावमा जाँदा हाम्रो समूह थप बलियो हिसाबले जाओस् भन्नका लागि उहाँहरू मिलेर आउनुहोस् भनेर हामी चुप बसेका छौं’, नेता केसीले भने, ‘सबै साथीहरूले उहाँहरू मिलेर आउनुको विकल्प छैन भनेकाले हामी त्यहीअनुसार अघि बढ्छौं।’ 

संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली मंगलबार नै प्रकाशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गरेको छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ तोकेको छ। 

दलका नेता चुन्न पुस ६ गते बिहान ८ बजेदेखि दुई घण्टा मतदानको कार्यक्रम समिति संयोजक भीष्मराज आङ्देम्बेले जनाएका छन्।

कुन सांसद कुन पक्षमा ?

कांग्रेस संसदीय दलमा अहिलेसम्म संस्थापन पक्षमा ५०, इत्तर समूहमा ३२ र कतै नखुलेका ७ जना देखिएका छन्।  

प्रस्ट नखुलेका ७

रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दीपक खड्का, प्रदीप पौडेल

संस्थापन पक्ष ५०

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, किशोरसिंह राठौर, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, अञ्जनी श्रेष्ठ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन

कोइराला–थापा समूह ३२

डा. शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल र विश्वप्रकाश शर्मा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.