डिपोमा छैन खाद्यान्न
मुगु : जिल्लाका तीन स्थानीय तहमा रहेका खाद्य डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न ढुवानी नहुँदा स्थानीय मर्कामा परेका छन्। मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिकामा रहेका तीन खाद्य डिपो र दुई बिक्री केन्द्रमा खाद्यन्न ढुवानी नहुँदा यस क्षेत्रका सर्बसाधारण सहुलियतको खाद्यान्न उपभोग गर्नबाट बन्चित भएका हुन्। यस आर्थिक वर्षका लागी खाद्य व्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडले जिल्लाका तीन स्थानीय तहका तीन डिपो र दुई बिक्री केन्द्रका लागी ढुवानीको टेण्डर आह्वान दुई पटकसम्म गरेको भए पनि ठेकेदार पक्षले ढुवानी गर्दा तेलको मूल्यवृद्धि भएको भन्दै कोटेसन दरखास्त पेश नगर्दा हालसम्म ढुवानी गर्न नसकिएको खाद्य ब्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।
सोरु गाउँपालिकाको सोरु कोट डिपोका लागि यस आर्थिक वर्षमा सुर्खेतबाट १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नु पर्नेछ। सोही गाउँपालिकाको कालै बिक्री केन्द्रका लागि २ हजार क्विन्टल, खत्याड गाउँपालिकाको श्रीकोट डिपोमा सुर्खेतबाटै १ हजार ५ सय क्विन्टल, सोही गाउँपालिकाको रातापानी बिबक्री केन्द्रमा ७ सय ५० क्विन्टल र मुगुम कार्मारोङ गाउँपालिकामा सुर्खेतबाटै १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न दुई पटकसम्म कोटेशन आब्हान गरिएको थियो। तर, ढुवानीमा तेलको मूल्य वृद्धि भएको भन्दै ठेकेदारले दरखास्त पेस गर्न नसक्दा हालसम्म डिपो र बिक्री केन्द्रमा खाद्यन्न ढुवानी हुन नसकेको खाद्य व्यवस्थापन तथा व्यापार केन्द्र मुगुका प्रमुख पुश्कर भामले जानकारी दिए।
आफ्नो पायक पर्ने नजिकका डिपो तथा बिक्री केन्द्रबाट सर्वसाधारणले बजारको भन्दा सहुलियत दरमा आफूले चाहे अनुसारका खाद्यान्न किनेर लैजाने गरेका थिए। साउन महिनादेखि ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न शून्य भएपछी सर्बसाधारण गाउँदेखि एक–दुई घण्टा टाढाको बजारबाट महँगोमा खाद्यान्न किनेर उपभोग गर्न बाध्य भएका मुगुम कार्माराङ गाउँपालिका ५ का पेमा टोर्चे लामाले बताए।
ग्रामिण भेगमा रहेका डिपो तथा बिक्री केन्द्रमा प्रति ३० किलोको बोरा सहुलियत दरमा १ हजार ४ सय ७० देखि १ हजार ८ सय सम्ममा सर्बसाधारणले पाउने गरेका भए पनि साउन महिना यता डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न शून्य भएपछि स्थानीय ब्यापारी र बजारबाट प्रति ३० किलोको बोरा खाद्यान्न किन्दा सर्वसाधारणले ६ सयदेखि १ हजार बढी मूल्यमा खाद्यान्न किन्न बाध्य भएको खत्याड गाउँपालिका १ का बाच्या बुढाले बताए।
असोज १९ देखि २६ सम्म परेको अबिरल बर्षाले कृषकले लगाएको अन्नबाली बगायो। हिउँदमा परिवार कसरी पाल्ने चिन्तामा रहेका ग्रामीण भेगका सर्बसाधारणले आप्mनो गाउँघर नजिकका डिपो तथा बिक्रि केन्द्रबाट सहुलियतमा पाईने खाद्यान्न किनेर घरपारिवारको बिहान बेलुकिको छाक टार्ने आशा थियो। अहिलेसम्म सरकारले खाद्यान्न पु¥याउन सकेको छैन। ‘अहिले जसोतसो जोहो गरेका छांै, अब पुस माघबाट कसरी परिवार पाल्ने हो। गाउँघरमा अन्न जोहो गर्ने बाटो छैन। घर भिœयाउन लागेको अन्नबाली सबै पहिरो र बाढीले क्षति बनाइ सक्यो,’ सोरु गाउँपालिका ९ का परुनाथ योगीले बताए।
मुगुमा वर्षभरि खेति गरेर पनि ६ महिना खान पुग्दैन। मजदुरी गरेर आम्दानी भएको रकमले डिपो तथा बिक्री केन्द्रमा सहुलिएत दरले पाइने खाद्यान्न किनेर घर परिवारलाई बिहान बेलुकिको छाक टार्ने गरेका स्थानीयका लागी अहिले दुबै केन्द्रमा खाद्यान्न शून्य भएपछि मजदुरी गरेर आम्दानी गरेको रकमले महँगोेमा खाद्यान्न किन्नु परेको सोरु गाउँपालिका ८ का मनबहादुर रावलले बताए।