दूध डेरीमै खपत

दूध डेरीमै खपत

गुलरिया : पशुपालक किसानले दिएको जति पनि दूध डेरीमै किनबेच हुने भएपछि बर्दिया राजापुरकी पशुपालक किसान ललिता न्यौपानै खुसी छिन्। ‘घर नजिकै दूध बेच्न पाएकी छु। भनेको बेला नगद पाउँछु,’ उनले भनिन्, सहकारीबाट पशुबिमा, बीउबिजन, पशुचारा, मललगायतका सामग्री पाउँदा दुग्ध व्यवसाय थप फस्टाउने अवसर पाएकी छु।’

‘स्थानीय सहकारीले किसानका दूध निर्वाध रूपमा उचित मूल्यमै डेरीमा खरिदबिक्री गर्न थालेपछि राजापुरका किसान लाभान्वित भएका छन्’, राजापुर नगरपालिका वडा नम्बर ८ स्थित डेरी सञ्चालक डम्बरबहादुर खत्रीले भने, ‘स्थानीय स्तरमा उत्पादित दूध संकलन गरी बिक्री हुँदा स्थानीय दुग्ध किसान आर्थिक रूपमा सबल बन्न थालेका छन्।’ सहकारीका माध्यमबाट किसानको उत्पादनलाई बजारीकरण गर्दा किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

‘हामीले दिगो व्यवसायका रूपमा दुग्ध चिस्यान केन्द्रसमेत सञ्चालनमा ल्याएका छौं।’ उनले भने, ‘दुई हजार लिटर क्षमताको चिलिङ भ्याट जडान गरेका छौं, यहाँको दूध शुद्ध रहने भएकाले पनि उपभोक्ताबाट दूधको माग बढी छ।’ 

किसानबाट लिएको दूध थोरै मुनाफा लिएर बिक्री गर्ने गरेको खत्रीको भनाइ छ। राजापुर क्षेत्र कृषिको लागि पकेट क्षेत्रका रूपमा महŒवपूर्ण मानिन्छ। यहाँका स्थानीय कृषि उपजसँगै पशुव्यवसायसमेत गर्दै आएका छन्। ‘कृषकको मागलाई हेरेर दूध संकलन केन्द्र स्थापना गरेका हौं’, सुसेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष टीकाराम रेग्मीले भने, ‘राजापुर नगरपालिकाले १० लाख रुपैयाँ दुग्ध किसानका लागि विनियोजन गरेको छ।’ 

साबिक राजापुर नगरपालिका वडा नम्बर ३ अन्तर्गत राजापुरका २५ जना सदस्य किसानहरूले २०६४ सालमा डिभिजन सहकारी कार्यालय बाँके पुगी विधिवत् रूपमा दर्ता गरी सञ्चालनमा ल्याइएको सहकारी संस्थाले किसानमैत्री सेवा विस्तार गर्दै आइरहेको छ। अध्यक्ष रेग्मीले थपे, ‘स्थानीय स्रोत साधन परिचालन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सफल भएका छौं’ उनले भने, ‘सहकारीले सदस्यलाई दूध उत्पादन, कृषि उत्पादन प्रशोधन, उपभोग्य वस्तुको कारोबार, बचत संकलन तथा ऋण लगानी, मलखाद खरिद बिक्रीलगायतका सेवाहरू सहकारीले गर्दै आइरहेको छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.