इरानी मुद्रामा भारी गिरावट, एक डलरको ३ लाख ८६ हजार रियाल

इरानी मुद्रामा भारी गिरावट, एक डलरको ३ लाख ८६ हजार रियाल

बाग्दात : इरानको केन्द्रीय बैंकका गभर्नरले इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटको लागि केही हदसम्म सरकार विरोधी प्रदर्शन दोषी भएको बताएका छन्।

अमेरिकी डलरको तुलनामा इरानको मुद्रा निकै सस्तो भएको छ । विदेशी विनिमय साइट बोनबास्टका अनुसार बजारमा एक डलरको ३ लाख ९५ हजार रियालसम्ममा बिक्री भएको छ ।  यसअघि गत शुक्रबार एक डलरको मूल्य तीन लाख ८६ हजार थियो ।

मानिसहरू आफ्नो बचत सुरक्षित राख्न डलर र सुन किन्न खोजिरहेका छन्।

केन्द्रीय बैंकका गभर्नर अली सालेहाबादीले भने, 'विगत दुई महिनाका घटनाहरू र अमेरिकी प्रतिबन्धहरूले इरानी मुद्रालाई कमजोर बनाएको छ। कमजोर रियाललाई माथि उठाउन बजारमा डलर ल्याइएको छ।'

महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि रियाल करिब २० प्रतिशतले घटेको छ ।
 
सरकार विरोधी प्रदर्शनमा ६८ नाबालिगसहित ४९५ प्रदर्शनकारीको मृत्यु भएको छ ।

साथै ६२ सुरक्षाकर्मीको ज्यान गएको छ भने १८ हजार ४५० जना पक्राउ परेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.