जिप दुघर्टनाका पीडित परिवारलाई राहत वितरण
जाजरकोट: गत मंसिर २६ गते छेडागाड नगरपालिकामा जिप दुघर्टनामा ज्यान गुमाउनेका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारिमा सञ्चालित सहयात्रा दोस्रो परियोजनामार्फत छेडागाड ५ लेवाका पीडित पाँच परिवारलाई खाद्यान्नसहितको अत्यावश्यक सामग्री प्रदान गरिएको हो।
दुघर्टनामा परि जाजरकोटका नौ र दैलेखका तीन जनाको मृत्यु भएको थियो।