मेस्सी बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर घोषित
वासिङटन डिसी : फुटबल विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी २०२२ को लागि बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर घोषित भएका छन् ।
३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि ३६ वर्षपछि कतारमा विश्वकप जितेका हुन् । उनलाई गोल्डेन बल अवार्ड पनि दिइएको थियो ।
आइतबार भएको फ्रान्ससँग अर्जेन्टिनाको विश्वकप मेस्सीको २६औं खेल थियो। उनले जर्मन खेलाडी लोथर माथियासको विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि तोडेका छन् ।
मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन्। बीबीसी