इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरी

इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरी

जेरुसेलम : इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी  गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले मङगलबार  जनाएको छ ।  

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो। 

शिन बेटका अनुसार संदिग्धहरू सबै बेरशेवाको उत्तरी ताराबिन अल-सानाको बेदुइन समुदायका हुन्। संदिग्धहरू हारोन ए-साने, मामन ए-साने, मोहम्मद ए-साने र हमेद ए-साने लगायतका रहेको बताइएको छ ।  

अब्दुल करिम अल-सने र तारेक अल-सनाई भनेर चिनिने अन्य दुई व्यक्तिले चोरीको बारुद बेच्ने काम गर्ने गरेको अनुसन्धानले खुलेको छ  ।  चोरीका केही हतियार खरिद गर्ने तेल शेवाका असमत अबु अल्योन र उदय अबु सरिहान पनि पक्राउ परेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.