नरेन्द्र मोदी कोदो भोजमा सहभागी

नरेन्द्र मोदी कोदो भोजमा सहभागी

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार कोदो भोजमा सहभागी भएका छन्। उनी सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउन भारतीय कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका हुन् । 

कोदोको परिकार  खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री नरेन्द्र तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकरलगायत  उपस्थित  थिए । 

'हामीले कोदो र रागीबाट बनेको मिठाई लगायतका स्वादिष्ट परिकारहरू तयार गर्यौं जसका लागि कर्नाटकबाट विशेष रूपमा शेफहरू ल्याइएका थिए। प्रधानमन्त्रीले यहाँ खानाको आनन्द  लिनुभएकोमा म खुसी  छु,' कृषि राज्यमन्त्री शोभा करन्दलाजेले एएनआईलाई बताएकी छन् ।

परिकारमा कोदोबाट बनेको खिचडी, रागी दोसा, रागी रोटी, ज्वार रोटी, हल्दी सब्जी, बाजरा, चुर्मा  लगायत  थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई  अन्तरराष्ट्रिय  कोदो वर्षकोरूपमा  मनाउने घोषणा गरेको छ।
भारत सरकारले सन् २०१८ को अप्रिलमा कोदोलाई पौष्टिक अनाजको रूपमा सूचिकृत गरेको थियो। त्यसपछि यसलाई पोषण मिसन अभियानमा समावेश गरिएको छ।

राष्ट्रिय खाद्य सुरक्षा मिसन अन्तर्गत  १४ राज्यका  २१२ जिल्लाहरूमा कोदोको लागि एक पौष्टिक अनाज कार्यक्रम लागू गरिएको छ।
एसिया र अफ्रिकामा कोदोको बढी उत्पाउन हुने गर्दछ । 

भारत कोदो उत्पादन गर्ने प्रमुख देश हो। कोदोका कांगनी, कुटकी वा सानो कोदो, कोडोन, गंगोरा वा बार्नयार्ड, चाइना र ब्राउन टप ज्वार, बाजरा, रागी र साना कोदो लगायत विभिन्न प्रजातिहरू पाइन्छन् ।  विगत  पाँच वर्षमा  भारतले १३.७१ देखि १ करोड ८० लाख टन भन्दा बढी कोदो उत्पादन गरेको छ । भारतमा वार्षिक उत्पादनका दृष्टिले सन् २०२०-२१ मा सबैभन्दा बढी  कोदो उत्पादन भएको  देखिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.