ट्विटरको सीईओ पद छाड्दै एलन मस्क

ट्विटरको सीईओ पद छाड्दै एलन मस्क

वासिङटन डिसी : ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘यो कामका लागि कुनै मूर्ख भेटिनेबित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु।'

यसअघि एलन मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछाड्ने भनेर ट्विटरमा पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्ने समेत लेखेका छन् ।

यस मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले नछाड्न भनेका थिए । मस्कले ट्विटर खरिद गरेदेखि नै उनले ल्याएका परिवर्तनको आलोचना भइरहेको छ। एलोन मस्क टेस्ला र स्पेस एक्सका मालिक पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.