चीनमा कोरोना कहर : केही महिनामै ८० करोड मानिस संक्रमण हुनसक्ने आंकलन

चीनमा कोरोना कहर : केही महिनामै ८० करोड मानिस संक्रमण हुनसक्ने आंकलन

चीन : कोरोना भाइरसको उद्‍गमस्थल मानिने चीनमा संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ। चीनका स्वास्थ्य अधिकारीले अबको केही महिनामा ८० करोड जति मानिसमा संक्रमण देखिने आंकलन गरेका छन्

एनपीआरको रिपोर्टअनुसार चीनमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख पु्ग्ने अनुमान गरिएको छ। तर, चीनको आधिकारिक आँकडामा भने योभन्दा निकै कम छ।

कोरोनाबाट सोमबार दुईजना र मंगलबार ५ जनाले ज्यान गुमाएका छन्।

तर, चीनले राखेको कोरोना संक्रमणबाट मृत्यु हुनेको विवरण विश्व स्वास्थ्य संगठन विपरित छ। चीनले श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुनेलाई पनि कोभिडका कारण हुने मृत्युको रूपमा हेरिरहेको छ ।

चीनको साथै जापान,दक्षिण कोरियामा समेत कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। विश्वमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि भारतको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गरेको छ।

सूचनामा भनिएको छ,' विभिन्न विधि अपनाएर अहिलेसम्म कोरोना संक्रमण रोक्न भारत सक्षम भएको छ। चीन,जापान,ब्राजील, दक्षिण कोरिया र अमेरिकामा कोना तीव्ररुपमा फैलिरहेको छ। आगामी दिनमा संक्रमण रोक्न जीन सिक्वीन्सिङ गरेर भेरियन्ट नियन्त्रणमा लिनुपर्छ।'

यस्तै, हरेक दिन आउने कोरोना बिरामीको स्वाबको नमूना जिनोम सिक्वीन्सिङका लागि प्रयोगशालामा पठाउन सबै राज्यलाई अपिल गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार भारतमा ११२ जनामा कोरोना संक्रमण देखिएको छ। हाल भारतमा ३४९० जना सक्रिय संक्रमित रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.