रचना र किरणको स्वरमा आयो ‘लुखुर लुखुर’
काठमाडौं: गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको गीत ‘लुखुर लुखुर’ रिलिज भएको छ। गीतमा नागेन्द्र श्रेष्ठको संगीत र गीतकार हीराकाजी थापाको शब्द छ।
काठमाडौंका केही रमणीय क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विल्सन विक्रम राई, सागर खनाल, बेदना राई, लोसीना लामिछाने, सौगात करनजीत र गंगा कुंवरको अभिनय छ।
भिडियोमा युवा पुस्ताको प्रेम प्रसंगलाई देखाउन खोजिएको छ। गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन्। सञ्जय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिगं रहेको भिडियो द रिल्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो।