बाइडेनसँग भेट्दै जेलेन्स्की

बाइडेनसँग भेट्दै जेलेन्स्की

वासिङ्टन (एपी) : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधबार अमेरिका भ्रमणमा आउँदै छन्। यहाँ रहँदा उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नेछन्।

 गत फेब्रुअरीमा आफ्नो देशमा छिमेकी मुलुक रूसले आक्रमण गरेपछि पहिलो पटक युक्रेनी राष्ट्रपति विदेश भ्रमणमा निस्किन लागेका हुन्। उनले अमेरिकी संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ तुल्याउन तथा आफ्नो देश र अमेरिकाबीचको सहयोगबारे छलफल गर्न आफू अमेरिका भ्रमणमा जान लागेको उनले बताएका छन्।

अत्यन्त संवेदनशील युक्रेनी राष्ट्रपतिको यो भ्रमण रूस–युक्रेन जारी युद्धका बेला भइरहेको छ। युद्धले दुवै देशमा अकल्पनीय विनाश भएको छ। दुवै पक्षका हजारौं मारिएका तथा घाइते भएका छन्। यो वर्षको खर्चसम्बन्धी प्रस्तावमा अमेरिकी सांसदले मतदान गर्ने समयमा हुन लागेको युक्रेनी राष्ट्रपतिको यो भ्रमणका बेला किएभलाई करिब ४५ अर्ब डलर आपतकालीन सहायता समावेश गरिएको छ। रक्षा मन्त्रालयले पनि क्षेप्यास्त्र उपलब्ध गराउने तयारी गरिरहेको छ।

  •     रूसी आक्रमणपछि जेलेन्स्की पहिलो विदेश भ्रमणमा
  •     अमेरिकी संसद्लाई पनि सम्बोधन गर्ने कार्यक्रम 

राष्ट्रपतिको कार्यालयका सञ्चार सचिव करिन जीन–पियरेले युक्रेनी राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति बाइडेन तत्पर रहेको बताएकी छन्। संसद्मा हुने उनको सम्बोधनले युक्रेनका लागि अमेरिकाको सुदृढ द्विपक्षीय समर्थनलाई प्रदर्शन गर्ने उनको भनाइ छ।

‘यो भ्रमणले युक्रेनलाई आर्थिक, मानवीय र सैन्य सहायताको प्रावधानसहित लामो समयसम्म सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनेछ’, उनले मंगलबार राति जारी गरेको वक्तव्यमा 
भनिएको छ।

क्रेमलिनले भने युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो।

प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो संकेत गर्दैन। मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.