बाइडेन-जेलेन्स्की भेट, बाइडेनले भने : अमेरिका युक्रेनको साथमा उभिनेछ

बाइडेन-जेलेन्स्की भेट, बाइडेनले भने : अमेरिका युक्रेनको साथमा उभिनेछ

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रुससँग युद्ध रहुन्जेल अमेरिका युक्रेनको साथमा रहने बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा राष्ट्रपति बाइडेनले भने, 'तपाई कहिल्यै एक्लो हुनुहुन्न।'

यस वर्षको फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि जेलेन्स्की पहिलो पटक अमेरिका भ्रमणमा गएका हुन् । अमेरिकी भ्रमणमा, जेलेन्स्कीले जो बाइडेनलाई भेटेपछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन्।

जो बाइडेनले अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरभन्दा बढीको नयाँ प्याकेज सहयोगको रूपमा दिने बताए। यससँगै अमेरिकाले ४५ अर्ब डलरको अर्को प्याकेज दिने वाचा गरे।

बुधबार पत्रकार सम्मेलनमा बाइडेनले युक्रेनलाई सहयोग गर्न कुनै चिन्ता नभएको बताए ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो भ्रमणका क्रममा अमेरिकी कांग्रेसलाई पनि सम्बोधन गरेका थिए ।

उनले कांग्रेस आफ्नो देश अहिले पनि समस्यामा रहेको बताए । उनले आगामी वर्ष यो द्वन्द्वमा ठूलो परिवर्तन हुने पनि संकेत गरे ।

उनले युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताउँदै हतियारको आवश्यकतामा पनि जोड दिए ।

जेलेन्स्कीले भने, 'हो, हामीसँग हतियार छ तर, के तिनीहरू पर्याप्त छन्? इमानदार भएर भन्दा छैन। रूसी सेनालाई पूर्ण रूपमा हटाउन थप हतियारहरू चाहिन्छ।'

आफ्नो सम्बोधनको अन्त्यमा उनले युक्रेनको बहामुट सहरबाट ल्याइएको युद्ध झण्डा संसदलाई दिए, जसमा सैनिकको हस्ताक्षर थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.