आज डिसेम्बर २२ : दिन छोटो, रात लामो किन हुन्छ ?

आज डिसेम्बर २२ : दिन छोटो, रात लामो किन हुन्छ ?

काठमाडौं : आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ।  पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने आज वर्षको लामो दिन र छोटो रात पर्छ।

सबैभन्दा छोटो दिनलाई विन्टर सोल्स्टाइस भनिन्छ।

हरेक वर्ष जाडोमा हुने सोल्स्टाइसको समयमा उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ। जसकारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात लामो हुन्छ।

अन्य ग्रहजस्तै पृथ्वी पनि २३.५ डिग्रीमा झुकेको छ। झुकेको अक्षमा पृथ्‍वीको परिक्रमाका कारण सूर्यका किरणहरु एक ठाउँमा बढी र अर्को ठाउँमा कम पर्छन्।
भारतीय ज्योतिषमा यसलाई मकर सायन भनिन्छ।

जाडो सोल्स्टाइसको समयमा दक्षिणी गौलार्द्धमा अधिक सूर्यको प्रकाश हुन्छ र उत्तरी गोलार्द्धमा कम प्रकाश हुन्छ।  यसकारण यसदिन सूर्य दक्षिणी गोलार्द्धमा लामो समयसम्म रहन्छ जसका कारण आज दिन लामो हुन्छ। 

अर्जेन्टिना,अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्‍ता देशमा आजबाट गर्मी सुरु हुन्छ। हरेक वर्ष यो सोल्स्टाइस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिक बताउँछन्।

के हो सोल्स्टाइस​ ?

सोल्सटाइस ल्याटिन शब्द हो। यो सोल्सिटमबाट आएको हो। ल्याटिन शब्द सोलको अर्थ सूर्य र सेस्टेयरको अर्थ स्थिर हुनु हो। यसको अर्थ हुन्छ 'सूर्य स्थिर' छ। यही प्राकृतिक परिवर्तनका कारण डिसेम्बर २२ मा सबैभन्दा छोटो दिन र लामो रात हुन्छ। यो खगोलिय घटना हो। कतिपय मुलुकमा आजको दिनलाई उत्सवका रुपमा मनाउने गर्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.