बागलुङ-पोखरा साइकल र्‍याली

बागलुङ-पोखरा साइकल र्‍याली

बागलुङ : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बिहिबार बागलुङको कालीका भगवती मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा (र्‍याली) गरिएको छ। 

बागलुङ र पोखराको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यको साथ साइकल सिटी पोखराले टुर दि पोखराको छैठौं संस्करणका अवसरमा बागलुङ सदरमुकाममा रहेको प्रसिद्ध कालीका भगवती मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा आयोजना गरिएको हो। 

साइकल यात्राको समन्वय बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, शालिग्राम संग्रहालय लगायतका संघसंस्थाहरूले गरेका थिए। 

साइकल सिटी पोखराले बातावरणको संरक्षण, पर्यटन प्रबद्र्धन र इन्धनको खपत गर्ने उद्दश्येले ‘थोपा थोपा इन्धन बचाउ’ भन्दै मन्दिरदेखि मन्दिरसम्म साइकल यात्रा गरेको जनाएको छ। 

विदेशी साइकल पर्यटक तथा आन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो।

साइकल यात्राको उद्घाटनमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले साइकल यात्राले पर्यटन प्रबर्धन गर्न र स्वस्थ जीवनको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। 

उनले साइकल यात्राले पर्यावरण सन्तुलन राख्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्‍यालीको महत्वपूर्ण सन्देश रहेको छ,’ मन्त्री शर्माले भने, ‘साइकल यात्रा पर्यावरणको संरक्षण र मानवीय जीवनको लागि फदलायी हुनेछ भने साइकल संस्कृति पद्धतिलाई मानवीय जीवन पद्धतिसँग जोड्न आवश्यक रहेको छ।’

वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै आयोजना गरिएको साइकल र्‍यालीले बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउन सहयोग पुग्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए। 

बागलुङ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा कार्यवाहक नगरप्रमुख कोपिलामणि शर्माले पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरामा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्‍यालीका लागि अनुरोध गरिएको बताए। 

उनले साइकल र्‍यालीलाई सफल बनाउन बागलुङमा मिलेर व्यवस्थापन गरेको बताए। ‘यो र्‍यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं’, बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँ छन् भन्ने सन्देश र्‍यालीले दिनेछ।’ 

उनले साइकल यात्राले पोखरादेखि सिधै मुस्ताङ पुग्ने पर्यटकले यसपछि बागलुङको बाटो रोज्ने समन्वय गरेका संस्थाहरूको विश्वास छ। 

पोखरा प्रस्थान गर्नुअघि करिब १ सय ५० जना साइकलयात्रीले बागलुङको बाङ्गेचौर–रामरेखा–ट्राफिक चोक, समिट चोक, पेन्सन क्याम्पस, उपल्लाचौर हुँदै शालिग्राम सङ्ग्रहालयसम्म परिक्रमा गरेका थिए। 

र्‍यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाका साइकल यात्रीहरूको सहभागिता रहेको थियो।

साइकल सिटि पोखराले टुर दि पोखराको छैठौँ संस्करण अन्तरगत राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गरेको छ। यही पुष ९ गते पोखरामा साइकल र्‍याली गर्ने छ। पोखरामा हुने र्‍यालीमा करिब एक हजारभन्दा बढी साइकल यात्री सहभागी हुने बताइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.