रुसको वाग्नर समूहलाई उत्तर कोरियाले हतियार बेचेको अमेरिकाको आरोप

रुसको वाग्नर समूहलाई उत्तर कोरियाले हतियार बेचेको अमेरिकाको आरोप

वासिङटन डिसी : अमेरिकाले उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसको वाग्नर समूहलाई मिसाइल र रकेट बेचेको आरोप लगाएको छ । वाग्नर रूसी सरकारद्वारा समर्थित लडाकुहरूको समूह हो जसले रूसी हितका लागि काम गर्दछ।

येवगेनी प्रिगोजिनले यस निजी सेनालाई कम्पनीको रूपमा रकम दिन्छ। प्रिगोजिन पुटिन नजिक छ। यसलाई पुटिनको निजी सेना पनि भनिन्छ। ह्वाइट हाउसले हतियार खेप पठाएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको जनाएको छ । वाग्नर समुहमा थप प्रतिबन्ध लगाइने जनाइएको छ।

तर उत्तर कोरिया र वाग्नरले भने यो आरोपलाई अस्वीकार गरेका छन्। बेलायतले युक्रेनमा प्रयोग भइरहेको वाग्नरको सेना एक हजारबाट बढेर २० हजार पुगेको बताएको छ।

यो समूह हालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय थियो। यसमाथि पटक पटक युद्ध अपराध र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ। 'वाग्नरले युक्रेनमा सैन्य अभियानलाई समर्थन गर्न हतियार खरिद गर्न संसारभरका विकल्पहरू खोजिरहेको छ,' ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मिडियालाई भने,' उत्तर कोरियाले वाग्नरलाई हतियारको सुरुवाती खेप पठाएको छ र यसको भुक्तानी लिएको हामी प्रमाणित गर्छौं।'

जोन किर्बीले वाग्नरले युक्रेनमा महिनामा १०० मिलियन डलर खर्च गरिरहेको बताए । बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले अमेरिकाको भनाइसँग बेलायत सहमत भएको बताएका छन् ।

उनले भने, 'उत्तर कोरियाबाट भ्लादिमिर पुटिनले सहयोगले लिनुले रुसको निराशा र एक्लोपन देखाउँछ।' तर, वाग्नरका मालिकले यी कुराहरूलाई मिथ्या र अनुमान मात्रै भनेका छन्। 

उत्तर कोरियाको विदेश मन्त्रालयले यी रिपोर्टलाई आधारहीन भनेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.