सुदूरपश्चिममा भुवोको रौनक सुरु

सुदूरपश्चिममा भुवोको रौनक सुरु

बझाङ : सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आज भुवो पर्व सुरु भएको छ । पुस महिनाको औंसीदेखि पूर्णिमासम्म मनाइने यो पर्व आजबाट सुरु भएको हो । नेपाल एकीकरणका क्रममा  बाइसे–चौबिसे राज्यका समयमा  खेलिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अझै पनि महत्वका साथ  मनाउने गरिन्छ । बझाङलगायत सुदूर र कर्णाली प्रदेशका जिल्लामा धुमधामसाथ भुवो मनाइने गरिन्छ ।

 भुवो पुस पूर्णिमाको दिनदेखि सुरु भएर लगातार पूर्णिमाका दिनसम्म खेल्ने चलन रहेको जयपृथ्वी नगरपालिका २ का गणेश खड्का बताए । उनका अनुसार पुरानो संस्कृतिअनुसार विभिन्न गाउँटोलमा भुवो नाच देखाउने गरिन्छ । यो समय  खेतीपातीको कामबाट  फुर्सद हुने समय भएकाले स्थानीय बासिन्दा पर्वमा बढी सहभागी हुने गरेको खड्काले बताए ।  

सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको जयपृथ्वी नगरपालिका भुवो पर्वका जानकार विष्णुभक्त जोशी शास्त्रीले बताए

भुवो नाचका क्रममा नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ । सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको जयपृथ्वी नगरपालिका भुवो पर्वका जानकार विष्णुभक्त जोशी शास्त्रीले बताए । शास्त्रीले भने, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो नाच जोगाउन यहाँको युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ ।’अघिल्लो पुस्ताका बूढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्छन् । 

भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो। भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछ्न्। भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडि  भएको मान्यता छ । महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिने थलारा गाउँपालिका २ बगडाका संरक्षक बहादुर सायरले बताए । 

भुवा नाचमा दुबो र अबिर लगाएर सबै मनमुटाव बिर्सेर एकतावद्ध हुँदै तरबार र ढाल घुमाउँदै घरघरमा गएर भुवा नाच देखाउने प्रचलन छ। 

‘महाभारतको  युद्धको तयारीको रुपमा तरबारबाजी सिक्ने र सिकाउने कौशलका रुपमा भुवा नाचलाई लिने गरिन्छ,' उनले भने, ‘महाभारतको युद्धमा पाण्डवहरूको विजयपछि राजा युधिष्ठिरको राज्याभिषेक उत्सवको रुपमा भुवा नाच खेल्न थालेको विश्वास गरिन्छ ।’

भुवा पर्व र भुवा नाचलाई व्यक्तिमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा बुझ्नुपर्ने सायरले बताए। ‘वीरता, पराक्रम र भाइचाराको सम्बन्ध विकास र विस्तार गर्न भुवा पर्व मनाइने गरिन्छ,’उनले भने, ‘भुवा नाचको महत्व उजागर गर्न र पर्वको संरक्षण गर्न  धनगढीमा पनि  भुवा पर्व मनाउन थालिएको हो।’

 बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न  जिल्लामा भुवा नाच खेल्ने गरिएको छ। भुवा नाचमा दुबो र अबिर लगाएर सबै मनमुटाव बिर्सेर एकतावद्ध हुँदै तरबार र ढाल घुमाउँदै घरघरमा गएर भुवा नाच देखाउने प्रचलन छ। 

भुवा पर्वमा प्रदेशभर सार्वजनिक विदा दिनुपर्ने माग

भुवा पर्वमा प्रदेश सरकारले सुदूरपश्चिमका सबै जिल्लामा सरकारी विदा दिनुपर्ने माग गरिएको छ । प्रदेश सरकारले बझाङ, अछाम र बाजुरा जिल्लामा मात्रै सार्वजनिक विदा दिएको तर कैलाली र कञ्चनपुरमा पनि भुवा पर्व मनाइने भएकाले भुवा पर्वको विदा प्रदेशभर दिन माग गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.